site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई पति, बाबु र दाजुभाइ मारेपछि आतंककारीविरुद्ध लड्न जुटेकी महिला
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । सामान्यतः मुसलमान समाजमा महिलाहरू सामाजिक तथा राजनीतिकरूपमा पछाडि परेका भए पनि इराककी एक ३९ वर्षीया महिलाको कथा भने भिन्न छ ।
ती महिलाको नाम हो वाहिदा मोहम्मद । तर, उनी आजभोलि उम हनदी नामले चर्चित छन् । इस्लामिक स्टेट (आईएस) को गढ मानिएको इराकको मोसुल सहरबाट ८० किलोमिटरको दूरीमा रहेको सिरकत भन्ने सहरमा उनी बस्छिन् ।
उनले आफूलाई सामान्य घरेलु महिला भने पनि अरू मुस्लिम महिलाजस्तैसामान्य महिला भने होइनन् । उनी एक मुस्लिम विद्रोही समूहकी लडाकु हुन् । सत्तरी जना सदस्य रहेको उक्त लडाकु समूहको उनी कमान्डर हुन् ।
अमेरिकी टेलिभिजन सीएनएनसँगको कुराकानीमा बताएअनुसार उनको समूह सन् २००४ मा अल कायदा आतंककारीविरुद्ध लड्ने उद्देश्यले गठन भएको थियो । यही अलकायदा पछि आईएसमा परिणत भएको थियो । उनले त्यतिबेला सरकारी तथा गठबन्धन सेनासँग मिलेर आतंककारीविरुद्ध लडेकी थिइन् ।
आईएसविरुद्ध लड्नेक्रममा उम हनदीले उक्त समूहका माथिल्ला नेतालगायत सर्वोच्च नेता अली बकर अल बग्दादीबाटै पटकपटक मार्ने चेतावनी पाएको बताउँछिन् । उनका अनुसार उनी आईएसको वारेन्टको सूचीमा इराकका प्रधानमन्त्रीभन्दा पनि माथिल्लो नम्बरमा छन् ।
“म आईएसको ‘मोस्ट वान्टेड’ सूचीमा सबैभन्दा माथि राखिएको छ,” उनले थपिन्, “प्रधानमन्त्रीभन्दा पनि माथि ।” 
उम हनदीका अनुसार आईएसले उनलाई मार्न २००६, २००९, २०१० मा उनको घरै अगाडि कार बम राखेको थियो  भने २०१४ तथा २०१५ मा पनि तीनवटा कार बम राखेको थिए ।
आईएसको आक्रमणमै उम हनदीको पहिलो पति मारिएका थिए । उनले त्यसपछि दोस्रो विवाह गरिन् । दोस्रा पति पनि गत वर्ष आईएसबाट मारिएका थिए । त्यतिमात्र नभएर आईएसले उनका बाबु तथा तीन दाजुभाइलाई  पनि मारेका थिए । त्यसबाहेक उनका घरपालुवा भेडा, कुकुर तथा चराचुरुङ्गी तिनले पनि मारेका थिए । त्यस क्रममा उनी भने बल्लतल्ल जोगिएकी थिइन् ।
“मलाई उनीहरूले ६ पटक हत्या गर्न खोजे । मेरो टाउको, खुट्टामा अझै गोली छन् । मेरो करङ भाँचिएको छ । तैपनी मैले आईएसविरुद्ध लड्न छोडिन,” उनले बताइन् । 
उम हनदीका अनुसार उनको समूहले आईएसविरुद्ध विभिन्न लडाइँ लड्यो । इराकी सेनाले उनको समूहलाई एउटा गाडी उपलब्ध गराएको छ । 
उनको फेसबुक अकाउन्ट पनि छ ।
आईएसले उनकोे परिवारका  सदस्यहरूको हत्या गरेको प्रतिशोधमा आईएसका लडाकुविरुद्ध लडेको, उनीहरूलाई घाँटी रेटेर मारेको तथा तिनको टाउको पकाएको दाबी गरिन् । उनले यसलाई फेसबुकमा पोस्ट पनि गरेकी छन् ।
उनले पोस्ट गरेको एउटा तस्बिरमा उनले काटेको टाउको बोकेको देखिन्छ । अर्कोमा दुईवटा मानिसको टाउको पकाउँदै गरेको देखिन्छ भने तेस्रोमा टाउको नभएका शरीरहरूको बीचमा उनी उभिएको देखिन्छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC