विदेश
काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले लागुऔषध विरुद्धको आन्दोलनलाई होलोकोस्टसँग तुलना गर्दै हिटलरले जती यहुदीहरु मारेका थिए आफूले त्यतीनै लागुऔषध सेवन कर्तालाई मार्ने बताएको बीबीसीले जनाएको छ ।
“हिटलरले ३० लाख यहुदी मारेका थिए । फिलिपिन्समा ३० लाख लागुऔषध सेवन कर्ता छन् । यदी तिनीहरुलाई मार्न सकेको खण्डमा म खुसी हुनेछु,” दुतेर्तेले भने ।
दुतेर्तेले गत जुन महिनामा फिलिपिन्सको राष्ट्रपति भएपछि लागुऔषध सेवन कर्ता तथा लागुऔषध डिलरहरु बिरुद्ध कारवाही सुरु गरेको थिए ।
आधिकारिक तथ्यांकका अनुसार तीन हजार भन्दा बढी लागुऔषध सँग जोडिएका मानिस प्रहरी अपे्रसनमा मारिएका छन् ।
यसअघि पनि राष्ट्रपति दुतेर्तेले खुल्ला रुपमा एक लाख अपराधिलाई मारेर अपराध घटाउने बताएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३ १४:४४
प्रतिक्रिया दिनुहोस्