site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । दोहाबाट उडेको कतार एयरवेजको विमानले नामिबियाको राजधानी विन्डहोक स्थित अन्तरर्राष्ट्रिय विमान स्थलमा आफ्नो पहिलो फ्लाइट अवतरण गरेको छ । कतार एयरवेजका चिफ कमर्सियल अफिसर डा. ह्युग डनलेभी र कतारका लागि नामिवियाका राजदूत ज्याफेटलसाकसहित उडान भरेको उक्त फ्लाइटको स्वागत नामिबिया टुरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत डिगु नाओबेब तथा साउथ अफ्रिकाका लागि कतारका राजदूत सलेम अब्दुल्लाह सुल्टान अल जबरले गरे । 
विन्डहोक कतार एयरवेजले सेवा प्रदान गरेको नामिबियाको पहिलो सहर हो । यहाँबाट बोइङ ७८७ ड्रिमलाइनरबाट हप्ताको चार पटक गन्तब्य सम्मको सेवा प्रदान गरिनेछ । दोहा स्थित कतार एयरवेजको स्टेट अफ आर्ट हब एन्ड होम हमाद अन्तरर्राष्ट्रिय विमान स्थलको माध्यमबाट नयाँ रुटले नामिबियाबाट १५० भन्दा बढी गनतब्यमा उडान भर्ने यात्रुलाई सेवा प्रदान गर्नेछ । कतार एयरवेजले सेवा प्रदान गर्ने विन्डहोक अफ्रिकाको २३ औँ गनतब्य हो । 
“हाम्रो सेवा सञ्जाल भित्र प्रिमियम लिजर तथा विजनेस गनतब्यका रुपमा अफ्रिकाको विन्डहोक थप गर्न पाउँदा हामी निकै प्रशन्न छौँ” कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ अकबर अल बाकरले भने “प्रमुख गनतब्यका रुपमा रहेको अफ्रिकामा हाम्रो ब्यवसाय बृद्धि तथा सेवा विस्तारको योजना अन्तर्गत नयाँ गनतब्यका रुपमा हामीले नामिबिया रोजेका हौँ ।”
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC