site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रेमिट्यान्सको प्रयोग उत्पादनमा न्यून
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने विप्रेषण (रेमिट्यान्स) उत्पादनमुलक क्षेत्रमा लगानी ज्यादै न्यून भएको पाइएको छ । 
नेपाल राष्ट्र बैंकको रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति अध्ययनले ऋण तिर्न र दैनिक उपभोगमा आधा रकम खर्च हुने गरेको देखाएको छ । विप्रेषण प्राप्त गर्ने घर परिवारको बचत तथा लगानी प्रवृत्तिलाई केन्द्रित गरी १६ जिल्लाका ३२० घरपरिवारलाई समेटेर स्थलगत सर्वेक्षण अध्ययन गरिएको राष्ट्र बैंकले जनाएको छ । उत्पादनमुलक क्षेत्रमा १.१ प्रतिशत मात्र हुने गरेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनका अनुसार स्थलगत सर्वेक्षणमा विप्रेषण प्राप्त गर्ने घरपरिवारले प्राप्त आम्दानीको १.१ प्रतिशत मात्र व्यापार, व्यवसाय जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरेको पाइएको छ । विप्रेषणबाट प्राप्त आम्दानीको ज्यादै न्यून अंश मात्र उत्पादनमूलक क्षेत्रमा उपयोग हुने गरेको तथ्यलाई अध्ययनले पुष्टि गरेको थापाले जानकारी दिए ।
गत वर्ष वैदेशिक रोजगारिमा जानेले ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स पठाएका थिए । यसलाई आधार मान्दा गत आवमा ७ अर्ब ३२ करोड रुपैयाँ मात्र उत्पादनमुलक क्षेत्रमा लगानी भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यस्तै ऋण तिर्न र दैनिक उपभागमा ३ खर्ब ३२ अर्ब रुपैयाँ खर्च भएको छ भने शिक्षा र स्वास्थ्यमा ९.७ प्रतिशत, सामाजिक कार्यमा ३ प्रतिशत रकम खर्च भएको छ । 
२८ प्रतिशत रेमिट्यान्स वचत हुने गरेको छ । गत वर्षको आप्रवाह भएको रेमिट्यान्सलाई आधार मान्दा १ खर्ब ८६ अर्ब ३६ करोड रुपैयाँ वचत भएको छ ।  विप्रेषणबाट प्राप्त अधिकांश रकम घरपरिवारले दैनिक उपभोग लगायतका अनुत्पादक क्षेत्रमा खर्च गरेका कारण बचत तथा लगानीयोग्य रकम कम हुने अध्ययनले देखाएको छ । उपभोग संस्कृति बढेपछि नेपालीको बचत दर घट्दै गएको छ । पछिल्लो समयमा नेपालीको बचत दर घटेर अहिले औसत ५.३ प्रतिशतमा समिति भएको छ  । यस्तै उपभोग दर बढेर ९४.७ प्रतिशत पुगेको छ । एक जना नेपालीले १ सय रुपैयाँ आम्दानी गरेर औसत ९४ रुपैयाँ ७० पैसा वस्तु तथा सेवा उपभोगमा खर्च गर्छ र ५ रुपैयाँ ३० पैसा मात्र बचत गरेको पाइएको छ । रेमिट्यान्सले उपभोग गर्ने संस्कृति बढाएपछि सरकारले सर्वसाधारणको बचत दर बढाउने लक्ष्य लिएको छ । आगामी ३ वर्षभित्र प्रतिव्यक्ति बचत दर बढाएर साढे १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । उपभोग दरलाई साढे ८९ प्रतिशतमा सिमित गर्ने तयारी सरकारको छ ।
रेमिट्यान्स घर/जग्गा लगायतका स्थिर सम्पत्ति खरिदमा लगानी  हुने गरेको अध्ययनले देखाएको छ । यसका साथै वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च उच्च हुने र पुरानो ऋणका कारण घरपरिवार ऋणग्रस्त हुँदा विप्रेषणबाट प्राप्त रकमको ठूलो अंश ऋणको साँवा तथा व्याज तिर्नको लागि खर्च भएको पाइएको छ । केन्द्रीय बैंकका अनुसार कुल ३२० घरपरिवारले विगत एक वर्षमा प्राप्त विप्रेषण मध्ये २५.३ प्रतिशत अंश ऋण तिर्नको लागि प्रयोग गरेको देखिएको छ । यसरी हेर्दा, रोजगारीमा जाने सिलसिलामा जानु भन्दा अघिदेखि नै ऋणग्रस्त हुने तथा विप्रेषण प्राप्त गर्ने अधिकांश घरपरिवारले घर/जग्गा लगायतका स्थिर सम्पत्ति खरिद गर्न ऋण लिने कारण विप्रेषण आयको सबैभन्दा ठूलो अंश ऋण तिर्नको लागि प्रयोग हुने गरेको हो । 
विप्रेषण आम्दानीको अर्को ठूलो अंश दैनिक उपभोगमा खर्च हुने गरेको पाइएको छ । विप्रेषण आम्दानीको २३.९ प्रतिशत खाना, खाजा, लत्ताकपडा लगायतका दैनिक उपभोगका क्षेत्रमा खर्च हुने गरेको छ । आम्दानीमा वृद्धि हुँदा घरपरिवारको दैनिक उपभोग प्रवृत्तिमा समेत परिर्वतन हुने तथा विप्रेषण आय बाहेकको आम्दानीका अन्य स्रोतले ८०.० प्रतिशतभन्दा बढी घरपरिवारको घर खर्च धान्न नसक्ने लगायतका कारण दैनिक उपभोगमा विप्रेषण रकमको ठूलो हिस्सा जाने गरेको पाइएको छ । 
विप्रेषण आम्दानीको उल्लेख्य अंश बालबालिकाको शिक्षा, स्वास्थ्य जस्ता दीर्घकालीन प्रतिफल दिने मानव संशाधनको विकासमा खर्च हुने गरेको विगतका अध्ययनले समेत देखाएका छन् । उक्त तथ्यलाई यस अध्ययनले समेत पुष्टि गरेको छ । घरपरिवारले प्राप्त गर्ने विप्रेषण आम्दानी मध्ये ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा खर्च हुने गरेको छ । त्यसैगरी, घरपरिवारले विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यमा ३.५ प्रतिशत, घरायसी सम्पत्तिको खरिदमा ३.० प्रतिशत अंश खर्च गरेको देखिन्छ ।
कुल ग्रार्हस्थ्य उत्पादनमा राष्ट्रिय बचतको अंश करिब ४६.० प्रतिशतको हाराहारी रहेको भए पनि विप्रेषण प्राप्त गर्ने घरपरिवारले विप्रेषण रकमको २८.० प्रतिशत मात्र बचत गर्न सकेको देखिन्छ । घरपरिवारको विप्रेषण न्यून बचत हुनुमा घरपरिवारको आम्दानीको अन्य स्रोत नहुनु वा स्रोत भरपर्दो हुन नसक्नु तथा विप्रेषणको आय नै न्यून हुनु देखिएको छ । यसको अलावा उच्च महँगी, बचतमा न्यून व्याजदर, ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहनु लगायतका कारणले समेत बचत प्रोत्साहित हुन नसकेको देखिएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC