राजनीति
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले मुख्य दलहरुबीच रहेको विवाद अन्त्यका लागि कठोर निर्णय लिनैपर्ने बताएका छन् । कठोर निर्णय लिएर प्रमुख दलहरु एकठाउँमा नउभिएसम्म मुलुकले निकास नपाउने उनले बताए । “सबै दल एकठाउँमा नआएसम्म निर्वाचन गर्न सजिलो छैन,” थापाले भने,“त्यसका लागि एमालेसँग पनि छलफल गर्नुपर्छ ।”
उनले कांग्रेसले ०७ , ०४६, ०६२÷६३ सालको आन्दोलनको नेतृत्व गरे पनि आन्दोलन पछिका उपलब्धि सम्हाल्न नसकेको बताए । कांग्रेस नेता कृष्ण प्रसाद सिटौला समूहले काठमाडौंमा शुक्रबार आयोजना गरेको अन्तरक्रियामा थापाले यस्तो बताएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३ १३:११
प्रतिक्रिया दिनुहोस्