site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मनिषा कोइराला विक्रम योगको तालिममा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । बलिउडमा नाम, इज्जत र पैसा कमाएर संसारभर चिनिएकी नेपाली अभिनेत्री मनिषा कोइराला विक्रम योगको प्रशिक्षक बन्ने क्रममा थाइल्यान्डको काउल्याकमा पुगेकी छन् ।
बलिउड सिनेमाको सुन्दरतम अभिनेत्रीको रुपमा प्रख्यात कोइरालाले सिनेमा खेल्न कम भएपछि नेपालमा आएर विवाह गरेकी थिइन् । उनको वैवाहिक जीवन सफल भएन । तर, प्राणघातक क्यान्सरलाई पराजित गर्न सफल भएकी मनिषाको जीवनभने धेरैका लागि उत्प्रेरक बन्यो । 
सिनेमाकी कलाकार हुँदा रक्सी र चुरोटको लतले निकै बदनामी कमाएकी कोइराला पछिल्ला दिनमा शुद्ध शाकाहारी भएकी छन् । उनको जीवनयापनको शैली नै सम्पूर्णरूपमा बदलिएको छ । कुनैबेला कहिले कुलत, कहिले पतिसँगको सम्बन्ध र कहिले क्यान्सरले सौन्दर्यमा समेत प्रभाव पारिसकेको भनिएकी कोइराला हालै देखिएको भिडियोमा पुनः स्वस्थ्य र सुन्दर देखिएकी छिन् ।
कोइराला आफैँले उनको फेसबुक पेजमा पोस्ट गरेको भिडियोमा आफू विक्रम योगको प्रशिक्षकको तालिम लिने क्रममा रहेको बताएकी छन् । आफैले सेल्फी खिचेको जस्तो देखिने भिडियोमा उनी कुनै होटलको कोठामा देखिन्छिन् । ग्रे कलरको पुलओभर लगाएकी कोइरालाले उक्त  भिडियोमार्फत् उनका प्रशंसकसँग अंग्रेजीमा कुरा गरेकी छिन् । योगको गुरुको तालिम लिए पनि उनी आफैँले सिकाउने कुरामा निश्चित छैनन् । भिडियोमा भन्छिन्, “म प्रशिक्षक बनुँला जस्तो त लाग्दैन, तर के हुन्छ कसलाई के थाहा ?”
योगले शरीर, मन र मस्तिष्कलाई जोड्ने हुनाले आफूलाई योगले आकर्षित गरेको र विक्रम योगमा मांसपेसी र इच्छाशक्तिको पनि जरुरत पर्ने हुनाले यसमा उनको विशेष अभिरुचि देखिन्छ ।
रोग लागेपछि उनले आफ्नो शरीरका लागि हरेक वर्ष एक महिना दिने प्रण गरेकी र त्यसैअनुसार अहिले विक्रम योग गर्न आएकी मनिषा यो प्रशिक्षणका लागि भने दुई महिना समय लाग्ने बताउँछिन् ।
उनको अनुहारमा स्वस्थता तथा मुहारमा चमक फिर्ता आएको भए पनि उमेरका धर्का बिस्तारै देखिन थालेको पनि सो भिडियोमा देखिन्छ । 
बिना मेकअप एकदमै साधारण रूपमा खिचेकी यो भिडियोलाई उनका करिब ४० हजार प्रशंसकले हेरेका छन् । उनले उक्त भिडियोबाहेक विक्रम योगको प्रशिक्षणका क्रममा खिचेका अन्य भिडियो पनि फेसबुकमा पोस्ट गरेकी छन् ।
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC