site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
महिलालाई आरक्षण कि प्राथमिकता ?
Agni Group
Global Ime bank
सरकारले सार्वजनिक यातायातमा महिला आरक्षित सिटको व्यवस्था गरेपछि मलगायत धेरै यात्रु अलमलमा पर्यौँ । महिलालाई आरक्षित सिटमा पुरुष त बस्नै नपाउने होला भन्ने ठानियो । राजधानीमा सार्वजनिक यातायातमा महिला आरक्षण सिटलाई पूर्ण कार्यान्वयनमा ल्याउन सुरुका केही दिन ट्राफिक प्रहरीले पनि राम्रै कसरत गरेको देखियो । त्यस सेवा सुविधाबाट सन्तुष्ट हुने र नहुने दुवैथरी भेटिए । 
केही दिनअघि म र एकजना महिला साथी क्याम्पसको बिहानी कक्षा पढेर डेरा जान पुरानो बसपार्क पुगेर माइक्रोबसमा बसेका मात्र के थियौं एक हुल पत्रकारसहित ट्राफिक प्रहरी आएर म नजिकै बसेकी मेरी साथीलाई उठाई महिला आरक्षित सिटमा बस्न लगाए र भने – अबदेखि महिलाहरू यहाँ बस्ने हो । पत्रकारले भिडियो र फोटो खिचे, हामीलाई अर्तीबुद्धि दिए । अनि ट्राफिक प्रहरी अर्को बसमा पनि त्यसैगरी भिडियो र फोटो खिचाउन गए । खाली माक्रोबसमा उनी अगाडि र म पछाडि बस्न बाध्य भयौँ । हामी परिचित साथी एकैछिनमा अपरिचितजस्तै बनाइयौँ । पछि त बसबाट साथी उत्रेको पनि थाहै भएन । 
अर्को प्रसंग । एउटा अनलाइनले ‘यी हुन महिला सिटमा बस्ने पुरुष’ भन्दै फोटोसहित समाचार प्रकाशित ग¥यो । त्यसले आरक्षित सिटका बारेमा बुझाइमा स्पष्टता हैन झन् भ्रम बढायो । महिला आरक्षित सिटमा पुरुष बस्नै नहुने त हैन नि ! महिला आरक्षण सिट खाली भएको खण्डमा वा त्यहाँ कोही महिला यात्रु बस्न इच्छुक नभए अरू जो बसे पनि हुन्छ अर्थात् बस्न पाउँछन् । तर, हाम्रो बुझाइ यसको विपरीत भयो । महिला सिटमा बस्दा पुरुषको इज्जतै जान्छ कि भन्ने ठान्नेहरू पनि निकै देखिए । यस्तै आरक्षित सिट भए पनि यिनलाई पेलेरै बस्छु भन्ने घमण्डमा पनि केहीमा देखियो । अर्कोतर्फ गाडीमा महिला यात्रु नहुँदा पनि महिला सिटमा कुनै पुरुष नबसी उभिएर भए पनि महिला सिट खाली नै राख्नुपर्छ भन्ने ठान्नेहरू पनि भेटिए । 
कुनै पुरुष बिरामी भएर अस्पताल वा कतै जाँदै भए महिला आरक्षणबाहेक अरू सिट खाली नभए पनि त्यस सिटमा नबस्ने त ? बसका स्टाफलाई भनेर खाली भएको ठाउमा त बस्न सकिन्छ नि !  बसका स्टाफले समस्या समाधानमा कुनै चासो नदेखाए अन्य कसै सहयात्रीसँग सहयोग मागे पनि पक्कै कसैले हुन्न भन्दैन । 
त्यसैगरी बिरामी वा अशक्त महिला यात्रुले आरक्षित सिट खाली छैन वा त्यहाँ बस्न नसक्ने स्थिति छ र उभिएर यात्रा गर्ने अवस्थामा पनि छैन भने आफ्नो समस्या राखेमा एक जनाले सिट नछोड्ला तर दोस्रो वा तेस्रो व्यक्तिले अवश्य पनि छोडिदिन्छ । आखिर सबै अबुझ त हुँदैनन्  नि ! आपूmले अप्ठेरो नबताईकन अर्को व्यक्तिले कसरी थाहा पाउनसक्छ ? 
महलिाले छोरा, बुबा, दाजुभाइ, प्रेमी अर्थात् पूर्ण परिचित व्यक्तिसँगै हुँदा सुरक्षित महसुस गर्छिन् । तर, मध्य दिनमासमेत एक्लै हिँड्डुल गर्नुपर्दा आफुलाई असुरक्षित महसुस गर्न सक्छिन् । सार्वजनिक यातायातमा यात्रा गर्दा बसकै स्टाफबाट हुने दुव्र्यवहार, अर्को यात्रुबाट हुने यौन दुव्र्यवहारजस्ता विकृति अन्त्य गर्न पनि साथी सँगै भए सजिलो हुन्छ । 
कमजोर असक्त व्यक्तिलाई सर्वसुलभ सेवा र सुविधामा पहिलो प्राथमिकता दिन आरक्षणविना पनि सकिन्छ । पुरुषभन्दा महिलाको संख्या बढी भएको देशमा महिलाका लागि बसहरूमा दुईचारवटा सिट छुट्याउँदैमा सबै महिलाले सुविधा पाउने त पक्कै हैन होला ।
समानताको निम्ती आरक्षण हैन मानिसहरूमा मानवीय सकारात्मक सोच र सहयोगी भावनाको विकास हुनु आवश्यक छ । व्यवहारमै सकारात्मकता देखिनु आवश्यक हुन्छ । 
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC