site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय व्यवस्था स्वीकार गरेका छैनौं : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) ले संसदीय व्यवस्थालाई स्वीकार नगरेको बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपालको एकता महाधिवेशनको बन्द शत्रमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले भने, ‘हिजो बन्दुक अग्रमोर्चामा थियो, अहिले अग्रमोर्चामा कलम आइपुगेको छ । हाम्रो पार्टीको कार्यदिशा स्पष्ट छ । संक्रमणकालीन अवस्था र संविधान प्रतिको जिम्मेवारी बोध गर्दै हामीले संसदीय व्यवस्थामा सम्झौता गरेका छौं । तर, संसदीय व्यवस्था स्वीकार गरेका छैनौं । कार्यकारी राष्ट्रपतिसहितको प्रत्यक्ष निर्वाचनले मात्रै देशको स्थिरता र विकासलाई सम्बोधन गर्न सक्छ । यसलाई तपाईहरुले गम्भीरपूर्वक लिएर कलम चलाउन अनुरोध गर्दछु ।’ प्रधानमन्त्रीले पार्टी एकताका बेला गरिएको १३ बुंदे सहमतिको अन्तर्वस्तु नै अहिलेको पार्टी कार्यदिशा भएको स्पष्ट पारे । कार्यक्रममा प्रधानमन्त्रीले सरकार जनताको पक्षमा रहेको बताउँदै गरिबका लागि सरकार कार्यक्रम त्यसैको सांकेतिकरूप भएको बताए । प्रधानमन्त्रीले भने, ‘सरकार गरिबको पक्षमा काम गर्न चाहन्छ । गरिबका लागि सरकारको अर्थ गरिबीमुनि रहेका जनताको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, रोजगारीमा प्राथमिकता दिनु हो । धेरै गर्न सकिने परिस्थिति नभए पनि अन्तिमसम्म जनता र श्रमजीवीको पक्षमा काम गर्न सरकार क्रियाशील छ ।’

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC