site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

बाबियाचौर । २२० केभी क्षमताको दाना–खुर्कोट विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्मको ३८ किलोमिटर विद्युत् प्रसारण लाइनका साथै सबस्टेसन निर्माण सुरु गरेको हो । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत सबस्टेसन र प्रसारण लाइन निर्माण हुन लागेको जनाइएको छ ।

दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभी कार्यक्षेत्रमा परिचालन भएको आयोजनाका इन्जिनियर यादव न्यौपानेले जानकारी दिए । आयोजना र ठेकेदार कम्पनीबीच मे ३० २०१६ मा सम्झौता भएको थियो । २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछन् । १४ मेगावाट क्षमताको थापाखोला, चार मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् ।

Agni Group

सबस्टेसन निर्माणका लागि दानामा सय र खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण भइसकेको इन्जिनियर न्यौपानेले बताए । सबस्टेसन र प्रसारण लाइनको टावर रहने स्थानको विस्तृत सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । ठेकेदारले दसैंअघि नै पूर्वाधार निर्माणको काम सुरु गर्ने जनाएको छ । दानादेखि कुश्मासम्म एक सय १० वटा टावर रहनेछन् । यो लाइनको क्षमता एक हजार दुई सय मेगावाट रहेको छ ।

नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको एक सय ४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम भइरहेको छ । कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । जलविद्युत् आयोजना निर्माणले तीव्र गति पाउने र लगानीकर्ता आकर्षित हुने आयोजनाका इन्जिनियर आनन्द सुवेदीले बताए ।

Global Ime bank

रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC