प्रविधि
काठमाडौं ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) आन्तरिक उडानका जहाजमा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोगमा रोक लगाएसँगै बुद्ध एयर, सिम्रिक एअर, तारा एअर, यति एअरले तत्कालै लागु गरेका छन् ।
प्राधिकरणको निर्णयसँगै वायुसेवा कम्पनीहरुले सूचना निकाल्दै उक्त मोबाइल सेट जहाजमा प्रयोग नगर्न यात्रु समक्ष आग्रह गरेका छन् । बिहीवारदेखि आन्तरिकतर्फका सबै उडान गर्ने वायुसेवा कम्पनीले नोट ७ बोक्न रोक लगाएका हुन् ।
सुरक्षाको कारण देखाउँदै प्राधिकरणले जहाजमा उक्त मोवाइलको प्रयोगमा रोक लगाएको जानकारी दिएको छ । उक्त मोबाइल अन गर्न वा चार्ज गर्न पाइनेछैन । आफ्नो मोवाइल स्वीच अफ गरेर जहाजबाट नझरेसम्म आफ्नो ह्याण्डक्यारीमा राख्नु पर्नेछ । चेक इन ब्यागेजमा पनि उक्त मोबाइल लैजान पाइने छैन ।
सामसङ नोटको ब्याट्रीमा समस्या देखिएपछि संसारभरका वायुसेवा कम्पनीहरुले यो सेट प्रयोगमा प्रतिवन्ध लगाइसकेका छन् । सामसुङले पनि यो मोडलमा खराबी भएको स्वीकार गर्दै संसारभरबाट आफ्ना सेट फिर्ता गर्ने बताइसकेको छ । यात्रु तथा हवाई सुरक्षा कायम राख्न यस्तो निर्णय गरेको प्राधिकरणको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३ २०:५५
प्रतिक्रिया दिनुहोस्