site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुनै पनि कार्यक्रममा माला लगाइदिने र पत्रपत्रिकामा बधाई छपाउने काम बन्द गर्न स्वास्थ्यमन्त्री गगन थापाको आग्रह
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले आफ्ना लागि पार्टीको तथा अन्य कुनै पनि किसिमको कार्यक्रमहरुमा माला, खादा लगाइदिने, पत्रपत्रिकामा बधाई छपाउने जस्ता कार्यहरु नगरिदिन आग्रह गरेका छन् । उनले मध्यमाञ्चलको समीक्षामा भाग लिन जाने क्रममा कोहलपुरमा ठुलो माला लगाइदिएपछि बाहिर आएका टिकाटिप्पणीका बारेमा यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।
“मध्यमाञ्चलको समीक्षामा भाग लिने क्रममा कोहलपुर स्वास्थ्य चौकी पुगें,” थापाले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्,“ढोकामा हिँड्दा हिँड्दै अकस्मात कोहलपुरबासीको तर्फबाट ठुलोमाला भन्दै माला पहिर्याइयो । मलाई यस्तो कुरा कहिले मन परेन र विनम्रतापुर्वक तत्काल हटाउन लगाएँ ।”
थापाले मन्चमा पुगेपछि कार्यक्रम आयोजना गर्नेलाई पनि यस्तो काम आफूलाई मन नपर्ने र फेरि नहोर्याउन आग्रह गरेको बताएका छन् ।
“मलाई मेरो जिम्मेवारी राम्रोसँग थाहा छ,” थापाले भनेका छन्,“के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने पनि राम्रोसँग थाहा छ । मालाको विषयलाई लिएर चिन्ता गर्ने साथीलाई धन्यवाद ! चिन्ता नगर्नुस् म यस्तो विषयमा अल्मलिएर, रमाएर बसेको छैन र बस्दिन पनि । तर यति सानो कुरालाई लिएर कोलाहल मच्चाउनेहरुले फेरी एकचोटी प्रमाणित गरेका छन् कि मैले के बिराउँला र यसलाई देखाइदिउँला भनेर बसेको एउटा जमात छ । त्यसैले आफुले गल्ति नगरे पनि वरिपरीको कुरामा समेत ध्यान दिएर काम गर्नुपर्छ । नचुकिकन थप मेहनत गर्दै जानुपर्छ भन्ने पाठ पनि सिकाएको छ ।”
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC