site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । आइतबार दुर्घटनामा परेको पूर्वगृहमन्त्री माधव घिमिरेको जिप भेटिएको खोजीकर्ताले अनुमान गरेका छन् ।
चार दिनदेखि लगातार खोजीमा जुटेकाहरूले बुधबार बेलुका पानीभित्र कुनै सवारी साधनजस्तो ठूलो वस्तु फेला पारेको र त्यसलाई बाहिर निकाल्ने प्रयास भइरहेको जनाएका छन् । बिहीबारसम्म बाहिर निकालिसकिने र सम्भवत: सो वस्तु दुर्घटनाग्रस्त मोटर हुन सक्ने अनुमान गरिएको छ । बुधबार अबेर भएकाले करिब ३०–४० मिटर गहिरो त्रिशूली नदीबाट बाहिर निकाल्न नसकिएको उनीहरुको भनाइ छ । 
शंकास्पद वस्तु पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जिप हो वा यसअघि खसेका ट्रक वा ग्यास बुलेट के हो अहल्यै एकिन भने हुन सकेको छैन, खोजी कार्यमा रहेका व्यक्तिले बाह्रखरीलाई बताएका छन् ।  
“जिप खसेको ठाउँमा डुबेर हेर्दा केही शंकास्पद बस्तु फेला परेको छ,” खोजीकार्यमा लागेका एक प्रहरीले भने, “बिहीबारसम्म त्यो शंकास्पद बस्तुलाई बाहिर निकाल्ने प्रयासमा छौं ।”
तर सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्रका एसपी गणेश थापाले भने बुधबार बेलुकासम्म यस्सै हो भनेर केही भन्न नसकिने बताए र अहिल्यै कुनै कुराको अनुमान गर्नपनि नसकिने बताए । 
मुग्लिनदेखि जलविरेसम्म डुंगामा गएर ठाउँ ठाउँमा सर्च गरिएको उनले जनाए । “हामीले मुग्लिनदेखि तलसम्म ठाउँ ठाउँमा पुगेर सर्च गरेका छौं,” उनले भने, “दुर्घटनास्थलमा पनि खोजी जारी छ ।”
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गोताखोरको टोलीले चारदिन देखि लगातार खोजी जारी राखेको उनले बताए । पूर्वगृहमन्त्री घिमिरे चढेको बा९च १५३१ नम्बरको स्कोर्पियो जिप आइतबार दिउसो घोप्टेभीरमा दुर्घटना हुँदा घिमिरेकी आमा, अंगरक्षक र एक आफन्तको मृत्यु भएको थियो भने पूर्वमन्त्री घिमिरे र उनका भाइहरु प्रकाश र मोहन अहिलेसम्म बेपत्ता छन् । गाडी चालक विष्णु राईभने जिवितै भेटिएका र उनको अहिले उपचार भइरहेको छ ।
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७३  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC