देश
काठमाडौं । सुमन केसी दाङबाट आइतबार काठमाडौं आउँदै थिए । उनी वैैदेशिक रोजगारीमा जान दाङबाट काठमाडौं आउँदै थिए । उनी चढेको बसलाई मुग्लिनबाट काठमाडौंतर्फ अघि बढेपछि बा ९ च १५३१ नम्बरको स्कोरपियो गाडीले ओभरटेक गर्यो ।
केसी बसको अगाडीपट्टी भएको हुनाले यो सबै देखेका थिए । बसलाई ओभरटेक गरेको उक्त स्कोरपियोले बसभन्दा अघि रहेको ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्यो । तर, ट्रकले साइड दिन मानेन ।
“मुग्लिनबाट अलि अघि बढेपछि हामी चढेको बसलाई स्कोरपियोले ओभरटेक गर्यो,” केसीले बाह्रखरीसँग भने, “ट्रकले दायाँबाट साइड नदिएपछि बायाँतर्फबाट ओभरटेक गर्ने प्रयास गर्दागर्दै सडकबाट तल खस्यो ।”
उनका अनुसार उनले नै सबैभन्दा पहिले प्रहरीलाई खबर गरेका थिए । “गाडी खसेको ठाउँमा केही धुलो धुवाँजस्तो देखिए पनि गाडी भने त्यसपछि देखिएन,” उनले भने ।
सशस्त्र प्रहरीका एसएसपी गणेशबहादुर थापाले आफूहरु दुर्घटनाको १५ मिनेटमै घटनास्थलमा आइपुगेको बताए ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३ १५:४४
प्रतिक्रिया दिनुहोस्