site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अफगानिस्तान र इराक जान लगाइएको प्रतिबन्ध क्याविनेटले हटाउँदैछः मन्त्री गुरुङ्ग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्ता र इराक दुवै देशको लागि यसअघि लगाइएको प्रतिबन्ध हटाउन लागेको बताएका छन् । उनले यसबारेमा सरकारले आगामी क्याविनेटमा निर्णय लिइने समेत जानकारी दिए ।  
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री गुरुङ्गले भने, “दुवै देशमा कामदार पठाउने कुरामा अत्यधिक दबाब आएको छ, सरकारले सम्भवत्ः अबको क्याविनेटबाट यसबारेमा निर्णय गर्छ । प्रधानमन्त्री स्वयमले पनि मलाई प्रस्ताव पेश गर्न भन्नुभएको छ ।”
मन्त्री गुरुङ्गले अफगानिस्तान र इराकस्थित अमेरिकी, बेलायत लगायतका दूतावासमा नेपाली कामदार पठाउन काठमाडौंस्थित अ‍ेमेरिकी र बेलायती राजदूतले प्रधानमन्त्रीलाई भेटेरै दबाब दिएको उल्लेख गर्दै भने,“उहाँहरुले हाम्रो प्रधानमन्त्रीसँग भेटेर यस्तो दबाब दिनुभएको छ, त्यतिमात्रै होइन नेपाली कामदारको पूर्ण सुरक्षाको प्रत्याभुति गर्छौं भन्नुभएको छ, त्यसैले सरकारले चाँडै प्रतिबन्ध फुकुवा गरेर कामदार पठाउने प्रक्रिया खुलाउँछ ।” 
उनले रेड जोनबाट ग्रिन जोनसम्म पुर्याउन उनीहरुले बुलेटप्रुफ साधनको व्यवस्था गर्ने समेत प्रतिबद्धता जनाएको बताए ।
मन्त्री गुरुङ्गले फ्रि भिसा फ्रि टिकटको नाममा कसैले मोटो रकम लिएको थाहा पाए त्यसलाई कडा कारवाही गर्ने चेतावनी दिए । उनले भने, “फ्रि भिसा, फ्रि टिकट भन्ने अनि १० हजारको रसिद बनाउने, तर भित्रभित्रै २ लाखसम्म लिने गरेको कुरा बाहिर आएको छ, त्यस्तो गरिएको थाहा पाए म कुनै हालतमा छोड्दिन, कडा कारवाही गर्छु ।” 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC