site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पूर्वगृहमन्त्रीको गाडी खसेको ठाउँबाट ११ दिनअघि ट्रक र २ वर्षअघि खसेको ग्यास बुलेट पनि भेटिएका छैनन्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । पूर्वगृहमन्त्री माधव घिमिरे चढेको गाडी दुर्घटनास्थल नजिकैबाट ११ दिनअघि एउटा ट्रक र २ वर्षअघि खसेको ग्यासको बुलेट पनि अहिलेसम्म फेला परेको छैन ।
सशस्त्र प्रहरीका एसएसपी रामराजा सुवालका अनुसार ११ दिनअघि सोही ठाउँबाट एउटा ट्रक खसेको थियो भने २ वर्षअघि ग्यास बुलेट पनि खसेको थियो । अहिलेसम्म ती गाडीको अवस्था पनि पत्तो लागेको छैन ।
सशस्त्र प्रहरीका एसएसपी गणेश थापाले ११ दिनअघि ना ३ ख ६०१७ नम्बरको ट्रक पनि सोही स्थानबाट त्रिशूलीमा खसेको र अहिलेसम्म फेला नपरेको बताए । 
पूर्वगृहमन्त्री घिमिरे चढेको गाडी आइतबार साढे ४ बजे खसेको थियो । घिमिरेका दुई भाइसमेत गरी तीन जनाको अवस्था अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । भाइहरु मोहन घिमिरे र प्रकाश घिमिरे पनि बेपत्ता छन् । नेपाली सेनाका ७० र सशस्त्र प्रहरीका ५० जनाले अहिले पनि त्रिशूलीमा खोजी कार्य जारी राखेका छन् ।
उनीहरुले मोटरबोट र डुंगाबाट खोजी जारी राखेका छन् । गाडी खसेको स्थानभन्दा करिब सय मिटर तलसम्म खोजी भइसकेको सशस्त्र प्रहरीका डीआईजी सुबोध अधिकारीले जानकारी दिए ।
दुर्घटनास्थलमा पुगेका भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले विदेशबाट गोताखोर बोलाएर भए पनि पूर्वगृहमन्त्रीको खोजी गरिने बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC