site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
काठमाडौं म्याराथन र खेल महोत्सव असोजमा हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं म्याराथन र खेल महोत्सव असोज १८ देखि २० गतेसम्म काठमाडौंमा हुनेभएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै म्याराथन र खेल महोत्सवबारे आयोजकले जानकारी गराएको हो ।

राजधानीमा हुँदै आएको काठमाडौं म्याराथनको १२ औं संस्करणसम्म आउँदा म्याराथन आयोजक कमिटीले खेल महोत्सव गर्ने निणर्य गरेको आयोजक प्रमुख निलेन्द्रराज श्रेष्ठले बताएका छन् । काठमाडौंमा हुनलागेको सिटी म्याराथनमा यो वर्ष १० हजारले सहभागिता जनाउने आयोजकले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेल महोत्सव दशरथ रंगशालामा हुनेछ भने म्याराथन रंगशाला परिसरबाटै सुरु हुनेछ । म्याराथनमा ७ बिधाका दौड रहेका छन् । म्याराथन र हाफ म्याराथन मुख्य स्पर्धा रहेका छन् भने दुवै स्पर्धामा महिला र पुरुष प्रतिस्पर्धी रहनेछ ।

अन्य विधामा को—ओपरेट म्याराथन रिले, ५ किमी ओपन महिला पुरुष, ५ किमी भेट्रान, ५ किमी स्कुल र ३ किलोमिटर ह्वील चेयर्स रहेका छन् भने सबैमा महिला र पुरुष सहभागि हुनेछन् ।

Global Ime bank

पुरस्कार तर्फ म्याराथनमा महिला र पुरुष दुवैका बिजेताले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार पाउनेछन् । त्यस्तै, हाफ म्याराथनतमा महिला र पुरुष दुवैका बिजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन् ।
को—ओपरेटतर्फका बिजेताले २५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै, ५ किमीको खुल्ला दौडतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १५, १० र ५ हजार पाउन छन् भने भेट्रान, स्कुल र ह्वीलचेयर विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले १०, ५ र २ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै, काठमाडौं म्याराथनको दशौं संस्करणमा विभागिय क्लब पुलिसका भुमि कुमार राईले बनाएको २ घण्टा २१ मिनेट २४ सेकेन्डको रेकर्ड तोड्न कसैले सक्यो भने त्यसले छुट्टै नगद १ लाख पाउने आयोजकले बताएको छ ।

त्यस्तै, दशरथ रंगशालामा हुने खेल महोत्सव विभिन्न खेलसँग सम्बन्धीत इस्टल राखिने छ । इस्टलहरुमा खेलसँग सम्बन्धीत सामाग्री राख्ने आयोजकले बताएको छ । तीन दिन चल्ने खेल महोत्सवमा २५ हजारले अवलोकन गर्ने आयोजकले बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC