site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२४ दिनपछि निर्मला हत्यामा संलग्न एकजना पक्राउ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । बलात्कारपछि हत्या भएको २४ दिनपछि कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न एकजना पक्राउ परेका छन् । 

लामो दबाबपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति केन्द्रीय अनुसन्धान ब्यूरोको नियन्त्रणमा छन् ।

Agni Group

प्रहरीले उनको नाम खुलाएको छैन । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने तयारी छ । गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी १३ वर्षीया निर्मला पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । 

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला भीमदत्त नगर १८ मा रहेकी साथी रोश्नी वमको घरमा गएकी थिइन् । साथीको घरमा गएकी निर्मला अर्को दिन उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

Global Ime bank

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीले आफु कार्यालय बाहिर रहेकाले पक्राउ परे–नपरेको जानकारी नभएको बताए । गत साउन ११ गतेदेखि नै कञ्चनपुरमा नागरिक समाज, महिला अधिकारकर्मी लगायतले निर्मलाको हत्यारालाई पत्ता लगाउनुपर्ने माग गर्दै प्रर्दशन गर्र्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC