राजनीति
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय, प्रदेश र स्थानीय गरी तीनवटा सरकार अन्तर्गत विद्यालय र विश्वविद्यालयहरूको भूमिका बदलिएको बताएका छन् । सोमबार रत्न राज्यलक्ष्मी क्याम्पसको ५८ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री पोखरेलले बदलिएको शिक्षा क्षेत्रको भूमिकालाई सबैले बुझिदिन आग्रह गरे ।
उनले अनिवार्य शिक्षा एेन संसदमा लग्ने निर्णय भएको बताउँदै भने, “प्राविधिक शिक्षालाई अबका दिनमा महत्वका साथ अगाडि बढाइने छ । हालसम्म हामीले १० प्रतिशतमात्र प्राविधिक शिक्षा दिन सकेका थियौं । अबको लक्ष्य माध्यमिक विद्यालय सकेपछि एउटा सीपसहित विद्यार्थी अगाडि बढोस् भन्ने हो ।”
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५ १२:२७
प्रतिक्रिया दिनुहोस्