site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अभ्यास खेलका लागि श्रीलंका जाने क्रिकेट टिमको बिदाइ
Ghorahi CementGhorahi Cement

काठमाडौं । एसीसी एसिया कप छनोट खेलका लागि श्रीलंकामा अभ्यास खेल खेल्न जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आज बिदाइ गरिएको छ । क्रिकेट टिमलाई प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराको निवासमा बिदाइ गरिएको हो ।

आजै दिउँसो १ बजे नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान गर्ने बताइएको छ । श्रीलंका जाने टोलिले श्रीलंकामा तीन वटा अभ्यास खेल खेल्नेछ ।

Agni Group

नेपालले श्रीलंकामा पहिलो अभ्यास खेल अगस्ट २२ मा श्रीलंकाको आर्मी क्रिकेट टिमसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल अगस्ट २४ मा ब्लोमफिल्ड क्लबसँग खेल्नेछ भने अन्तिम अभ्यास खेल अगस्ट २६ मा कोल्ट्स क्लबसँग खेल्नेछ ।
मलेसियामा अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म चल्ने प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली क्रिकेट टिम यसअघि नै घोषणा भइसकेको थियो । टिममा विनोद भण्डारी र सागर पुनको पुनरागमन भएको छ ।

अन्य खेलाडीमा कप्तान पारस खड्का, उप—कप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, वसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी र सुवास खकुरेल रहेका छन् ।

Global Ime bank

खेलाडीसँगै नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटी, प्रशिक्षक जगत टमाटा, ब्याटिङ प्रशिक्षक अपूर्वा देसाईलगायत प्राविधिक टोली रहेको छ । एसिया कप छनोट खेलमा नेपालसहित युएई, हङकङ, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । उक्त छनोट खेलमा विजयी हुने टिम एसिया कपमा छनोट हुनेछ भने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् ।

श्रीलंकामा अभ्यास खेल खेलेर नेपाली टोली एसिया कप छनोटका लागि अगस्ट २७ मा मलेसिया पुग्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC