site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले मुलुकका विभिन्न स्थानका बाढी पहिरो पीडितलाई तत्काल राहत र विस्थापित परिवारलाई पुनस्र्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै उनीहरुले मुलुकका विभिन्न स्थानमा बर्षासँगैको बाढी पहिरोका कारण ठूलो धनमालको क्षति हुनुको साथै केहीले ज्यान गुमाएको र कयौ विस्थापित भएकाले तत्काल सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले बाजुरा जिल्ला विभिन्न स्थानमा बाढी र पहिरोका कारण केहीको मृत्यु भएको र कयौ परिवार विस्थापित भएको भन्दै पीडितलाई राहत र विस्थापितको पुनस्र्थापनामा सरोकारवाला निकायले चासो नदिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए । प्रदेश, संघ र स्थानीय तहबीच समन्वय हुन नसक्दा पीडितले राहत नपाएको र विस्थापितहरुलाई सुरक्षित आवासको व्यवस्था मिलाउन नसकिएको भन्दै सरोकारित निकायबीच समन्वय गर्न आग्रह गरे । 
राष्ट्रियसभा सदस्य सिंह बहादुर विश्वकर्माले सिन्धुपाल्चोकको बाह्बिसेस्थित सांधीखोला पुल बाढीले बगाउदा नजिकका गाउको सम्पर्क विच्छेद भएको भन्दै सो स्थानमा तुरुन्तै बेलीब्रिज पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए । 
युटोल तामाङ्गले मुगुको आईतबार किमनी गाउँमा भीषण आगलागी भएको भन्दै पीडीतलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे । रमेशजंग रायमाझीले खेती लगाउने समयमा तराईका किसानले युरिया, डिए पी लगायत मल उपलब्ध नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC