देश
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण आजदेखि सुरु हुँदैछ । सन् २०१९ का लागि भाषा परीक्षा उत्तीर्ण गरेर छनोटमा परेकाहरुको आजबाट स्वास्थ्य परीक्षण हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
काठमाडौंका चारवटा अस्पताल पाटन, शुक्रराज ट्रपिकल, निजामति अस्पताल रनेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गरिँदैछ । यसैबीच दक्षिण कोरिया बसेर फर्किएका व्यक्ति पुनः जान चाहनेहरुका लागि भदौ ८ गते परीक्षा लिइने भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५ ०८:२७
प्रतिक्रिया दिनुहोस्