site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भक्तपुर ।  प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सरकारले बहिरा व्यक्तिको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताएका छन्। 

भक्तपुर बहिरा सङ्घको आज सम्पन्न ११औँ अधिवेशन तथा २२औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले आफूले बहिरा व्यक्तिको पक्षमा सरकारले बनाएको कानूनलाई कार्यान्वयन गराउन प्रतिनधिसभामा आवाज उठाइरहेको बताए । सञ्चारबिहीन रहेका बहिरा व्यक्तिको हितका लागि सरकारले दोभासेको व्यवस्था गर्नुपर्ने र उनीहरुलाई रोजगारमूलक सीप विकासमा लगाउनुपर्नेमा उनले जोड दिए । सरकारले कानूनमा व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले आमनागरिक र बहिरा व्यक्तिकाबीच प्रत्यक्ष संवादको माध्यम दोभासे भएकाले सरकारले बहिरा व्यक्तिको सङ्ख्याका आधारमा हरेक स्थानीय तहमा दोभासेको व्यवस्था गर्न माग गरे। उनले बहिरा व्यक्तिको राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिँदै सबै वर्ग र समुदायको अधिकार व्यवहारिक रुपमा स्थापित हुनुपर्ने औंल्याए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शखाका अध्यक्ष पुष्करराज बुढाथोकीले राज्यको मूलप्रवाहबाट टाढा रहेका उनीहरुलाई उचित अवसर प्रदान गर्नुपर्ने बताए । भक्तपुर बहिरा सङ्घका अध्यक्ष सूर्यबहादुर बुढाथोकीले सरकारले बहिरा व्यक्तिको लागि वृत्तचित्र रिले सर्भिसको व्यवस्था गर्न माग गर्दै राज्यका तिनै तहमा बहिरा व्यक्तिको सम्मानजनक सहभागिता हुनुपर्ने बताए । 

Global Ime bank

विभिन्न दश प्रकारका अपाङ्गतामध्ये बहिरा व्यक्ति सवेदनशील भएको भन्दै उनले हरेक स्थानीय तह र उद्योगमा कानूनमा व्यवस्था भएअनुसार अपाङ्ग व्यक्तिलाई रोजगारी प्रदान गर्न सबै तहसँग माग गरे । सङ्घले बहिरा व्यक्ति तथा अन्य स्रोतबाट संकलन भएको रकमबाट भक्तपुर नगरपालिका– १० मा दुई आना दुई पैसा जग्गा खरीद गरेको र उक्त जग्गामा भवन निर्माणका लागि करीब रु पाँच लाख सङ्कलन भएको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०७५  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC