site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

बाजुरा । अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही वडाका नन्दे परीकी ४५ वर्षीया कला परीको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शुक्रबार रातिको अविरल वर्षाले घरमाथिबाट पहिरो आएपछि घरसमेत बगाएको छ । सोही वडाका साउँदका पाँच परिवार पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।  

Agni Group

यसैगरी सोही नगरपालिका–२ मुसीमा चन्द्र रावतको गाईगोरुको गोठ पहिरोले बगाएको छ । गाईगोरु गोेठ बगाउँदा दुई गाई, एक गोरु, १० बाख्रा, एक कुुकुर गरी १४ जनावरको मृत्यु भएको छ । 

त्यस्तै गरी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा निमेन्द्र शाहीको तीन तले घर अविरल वर्षाले भत्काएको कोल्टी इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । 

Global Ime bank

त्रिवणी नगरपालिका र बूढीगङ्गा नगरपालिकाको बीचमा पर्ने बूढीगङ्गा नदी थुनी लागेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । नदी थुनिन लागेकाले सबैले सजग हुन प्रहरीले आग्रह गरेको छ । 

बूढीगङ्गा नगरपालिका १ र २ मा पहिरोमा परी मृत्यु भएकाको उद्धारका लागि टाटे प्रहरी चौकीबाट टोली खटिएको छ, भने जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको टोली र समरजीत गुल्मबाट १५ जनाकोे टोली घटनास्थलमा उद्धारका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC