site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अन्तरिक्षमा रुसको शंकास्पद हतियार फेला परेको अमेरिकाको दाबी
Sarbottam CementSarbottam Cement

बीबीसी । पृथ्वीमा घुमिरहेको रुसको एक स्याटलाइटले रहस्यमय व्यवहार देखाएपछि अमेरिकी विभागले यसप्रति चिन्ता व्यक्त गरेको छ । धेरैपटकको निरीक्षणपछि पनि त्यो कस्तो वस्तु हो भन्ने निश्चित थाहा नभएको र पत्ता लगाउने कुनै तरिका पनि नभएको अमेरिकी प्रशासनले बताएको हो । त्यसैकारण त्यो रुसद्वारा निर्मित कुनै आधुनिक हतियार हुन सक्ने सम्भावना रहेको विज्ञहरुले बताएका हुन् ।

रुसले भने अमेरिकालाई बिना कुनै प्रमाण यस्तो आरोप नलगाउन चेतावनी दिइरहेको छ । उक्त स्याटलाइट गत वर्षको अक्टोबरमा लन्च गरिएको थियो । तर अन्तरिक्षमा त्यसको जस्तो अनौठो र अप्रत्यासित गतिविधि अन्य कुनै उपकरणको नरहेको बताइएको छ । त्यसैले पनि अरु रुसी स्याटलाइटको तुलनामा त्यसको अवस्था,र क्षमता असामान्य भएको पत्ता लागेको हो जसकारण अमेरिकाको शंका झनै बढ्दै गएको बताइएको हो । स्याटलाइटलाई लिएर रुसको रणनीति पहिलेदेखि नै प्रष्ट नभएकाले पनि यो विषय समस्या बन्दै गइरहेको अमेरिकी हतियार नियन्त्रण विभागकी सहसचिव यलिम पोब्लेटको भनाइ छ । यसअघि रुसी अन्तरिक्ष सेनाका कमान्डरले पनि नयाँ प्रकारका हतियार अपनाउनु नै स्पेस फोर्सको प्रमुख लक्ष्य भएको उल्लेख गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्तरिक्षका हतियारले बन्दुक जस्ता परम्परागत अस्त्र भन्दा धेरै ठूलो नोक्सान पुर्याउन सक्ने भएकाले पनि विश्वका लागि एकदमै खतरनाक मानिएको विश्लेशकहरुले चेतावनी दिएका हुन् । त्यसले विभिन्न किसिमका विकिरणहरु फाल्ने हुँदा अन्य स्याटलाइटहरुको काममा समेत रोकावट ल्याउन सक्छ भने सधैँका लागि नष्ट समेत गर्दिन सक्ने बताइएको छ । 

तरपनि अन्तरिक्षमा भएका यस्ता उपकरणहरुको जानकारी गोप्य राखिने हुँदा हतियारबारे पत्ता लगाउन धेरै कठिन हुने गरेको बताइएको छ । यसअघि राष्ट्रपति ट्रम्पले घोषणा गरेको अमेरिकी अन्तरिक्ष सेना भने शान्तिपूर्ण रहेको दाबी गरिएको छ । तर अर्कोतर्फ चीन र रुसले चाहिँ गोप्य रुपमा हतियार निर्माणका काम अघि बढाएर विश्वलाई खतरामा पारिरहेको ट्रम्प प्रशासनले आरोप लगाउँदै आएको छ । 
https://www.bbc.com/news/technology-45194333

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  ०६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC