site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसियन गेम्स फुटबलमा नेपालको दोस्रो पराजय
Ghorahi CementGhorahi Cement

एजेन्सी । १८ औं एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा आफ्नो दोस्रो खेलमा पराजित भएसँगै नेपाल एसियन गेम्सबाट बाहिरिने सम्भावना बढेको छ । इन्डोनेसियाको जकार्तामा भएको खेलमा नेपाल भिएतनामसँग २–० गोलअन्तरले पराजित भएको हो ।

भियतनामका लागि आन दुक एग्युऐनले खेलको ३१ औं मिनेटमा पहिलो गोल गर्दै भियतनामलाई अग्रता दिलाए । त्यस्तै, खेलको ६४ औं मिनेटमा भियतनामका लागि  फान भान दुकले दोस्रो गोल गरे जुन गोल भियतनामको जितका लागि निर्णायक बन्यो ।

Agni Group

पहिलो हाफको समयमा सम्हालिन नसक्दा नेपालले भियतनामलाई रोक्ने अवसर गुमायो । पहिलो हाफमा भियतनामले केही उत्कृष्ट सर्ट प्रहार गरेको थियो । पहिलो हाफमा १–० गोलअन्तरले पछि परेको नेपालले दोस्रो हाफमा पनि भिएतनामलाई रोक्न असमर्थ रह्यो ।

भिएतनामका खेलाडीले प्रहार गरेको सर्टलाई कप्तान तथा गोलरक्षक किरण कुमार चेम्जोङले उत्कृष्ट बचाउ गर्न नसक्दा दोस्रो हाफमा अर्को गोल भयो । उक्त गोलसँगै नेपाल २—० गोल अन्तरले पराजित भयो । भने अब माथिल्लो चरण प्रवेशमा कठिन भएकोछ ।
यसअघि नेपाल जापानसँग १—० गोल अन्तरले पराजित भएको थियो । यस्तै, नेपाललाई पराजित गरेसँगै भियतनाम माथिल्लो चरण प्रवेश गरेको छ । यसअघि भियतनामले पाकिस्तानलाई ३—० गोल अन्तरले पराजित गरेको थियो ।

Global Ime bank

नेपालले रक्षात्मक खेल खेलेपनि भियतनामलाई रोक्न भने सकेन ।  एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको समूह डि मा नेपालसहित जापान, भियतनाम र पाकिस्तानसँग रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग अगष्ट १९ मा खेल्दैछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC