site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इन्भेस्टमेन्ट, नबिल र एनआईसी एसिया अब्बल ( विवरणसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्र बैंकले तोकेको अवधिमा २७ वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत आर्थिक वर्ष समाप्त भएको १ महिना बित्नै लाग्दा पनि राष्ट्रिय वाणिज्य बैंक भने वित्तीय विवरण गर्न सार्वजनिक गर्न पछि परेको हो ।

नेपाल राष्ट्र बैंकले अनिवार्य रुपमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण बनाउनुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थाले गत आर्थिक बर्षको वित्तीय प्रकाशनमा ढिलाई गरेका थिए । राष्ट्र बैंकले उल्लेख गरेको ढाँचामा वित्तीय विवरण सार्वजनिक गर्न ढिलो हुने भएपछि उनीहरुले राष्ट्र बैंकलाई समय थप गर्न अनुरोध गरेका थिए । राष्ट्र बैंकले दिएको थप १५ दिनमा लगभग सबै बैंकको विवरण आएको हो ।

यसअघि मंगलबारसम्म १० वटा वाण्ज्यि बैंकले मात्र विवरण सार्वजनिक गरेकोमा बुधबार १७ वटा थप बैंकले विवरण प्रकाशन गरेका थिए । यसअघि बैंक तथा वित्तीय संस्थाले त्रैमासिक सकिएको १५ दिनभित्र विवरण सार्वजनिक गरिसक्नुपर्ने थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

डेढ अर्ब निक्षेप र सवा अर्ब कर्जासहित एनआईसी एसिया अगाडि, नबिल र इन्भेस्टमेन्ट पछिपछि गत आर्थिक वर्षमा सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । 

अघिल्लो आवको अन्त्यसम्म ८६ अर्ब ६९ करोड रुपैयाँ मात्र निक्षेप संकलन गरेको बैंकले एक वर्षमै करिब ६५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेर कूल निक्षेप १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । बैंकले हालसम्म १ खर्ब २० अर्ब ६६ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाह अघिल्लो आवको अन्त्यभन्दा ४८ अर्ब रुपैयाँ बढी हो ।

Global Ime bank

यससँगै एनआईसी एशिया निजीक्षेत्रको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको हो ।

वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै निक्षेप संकलन गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले गत चैत मसान्तसम्म नै १ खर्ब ५ अर्ब रुपैयाँको निक्षेप संकलन गरिसकेको थियो । बैंकको चौंथो त्रैमासिक अवधिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।
निक्षेप संकलन र कर्जा प्रवाहको नेपाल इन्भेस्टमेन्ट र नबिल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

नाफा गर्नेमा नबिल बैंक अगाडि, ३ बैंकको नाफा अर्बभन्दा कम, ४ को वृद्धिदर ऋणात्मक

गत आवमा सबैभन्दा धेरै खुद मुनाफा नबिल बैंकले गरेको छ । 

बैंकले वर्षभर ४ अर्ब ५ करोड खुद मुनाफा गरेको हो । खुद मुनाफाको आधारमा ३ अर्ब ६७ करोड रुपैयाँ सहित कृषि विकास बैंक रहँदा तेस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ५७ करोड नाफा गरेको छ ।

यसअवधिमा ३ अर्बभन्दा बढी नाफा गर्ने ४ वटा वाणिज्य बैंक रहेका छन् भने ३ वटा बैंकले १ अर्ब नाफा पनि कमाएका छैनन् । ती बैंकमा सिभिल बैंक, सेन्चुरी बैंक र जनता बैंक रहेका छन् ।
यसअवधिमा सबैभन्दा बढी नाफा वृद्धि भने सिभिल बैंकले गरेको हो । तर, अघिल्लो वर्षको तुलनामा ४ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । नाफा घट्नेमा एनआईसी एशिया, प्रभु बैंक, एनसीसी बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् ।

कृषि विकास बैंकको चुक्तापुँजी सबैभन्दा धेरै, ४ को अपुग

वित्तीय विवरण सार्वजनिक गर्ने २७ बैंकमध्यै सबैभन्दा धेरै चुक्तापुँजी कृषि विकास बैंकको रहेको छ । बैंकले यसअवधिसम्म १३ अर्ब ९३ करोड रुपैयाँ चुक्तापुँजी कायम गरेको हो । चुक्तापुँजीको हिसाबमा नेपाल इन्भेस्टमेन्ट बैंक दोस्रो स्थानमा रहँदा मेगा बैंक नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमा पहिलोपटक ८ अर्बमाथि चुक्तापुँजी पुर्याउने बैंकमा एभरेस्ट बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक,  नेपाल एसबीआई, प्रभु, सिभिल र प्राइम कमर्सिएल बैंक रहेका छन् । यी सबै बैंकको गत आवसम्म राष्ट्र बैंकको निर्देशन बराबरको चुक्तापुँजी पुगेको थिएन ।

यस अवधिसम्म आइपुग्दा चार वटा वाणिज्य बैंकको चुक्तापुँजी अझै अपुग छ । चुक्तापुँजी अपुग हुने बैंकमा एनएमबी, बैंक अफ काठमाण्डु, कुमारी र एनसीसी बैंक रहेका छन् । तीमध्ये एनसीसीको सबैभन्दा कम ४ अर्ब ६७ करोड रुपैयाँ मात्र चुक्तापुँजी रहेको छ ।

प्रतिसेयर आम्दानीमा नबिल बैंक अब्बल

नबिल बैंकका लगानीकर्ताको गत आव प्रतिसेयर आम्दानी ५० रुपैयाँ ३९ पैसा रहेको छ । यसअवधिमा नेपाल बैंकले प्रतिसेयर ४२.२७ रुपैयाँ तथा कृषि विकास बैंकले ३९.३६ रुर्पैयाँ प्रतिसेयर आम्दानी दिँदा सेन्चुरी बैंक १० रुपैयाँ ८६ प्रसा सहित सबैभन्दा पुछारमा रहेको छ ।

सिभिल बैंक सबैभन्दा कमजोर

गत आवमा निक्षेप संकलन तथा खुल मुनाफाको आधारमा सिभिल बैंक सबैभन्दा कमजोर देखिएको छ । बैंकले गत आवसम्म ४० अर्ब १ करोड रुपैयाँको निक्षेप संकलन गर्दा ३९ अर्ब ४६ करोड रुपैयाँको कर्जा प्रवाह गरेको छ । बैंकले गत आवभर सबैभन्दा बढी नाफमा वृद्धि गरेपनि यो नाफा अन्य वाणिज्य बैंकहरुको तुलनामा सबैभन्दा न्यून हो ।

यद्यपि बैंकको चुक्तापुँजी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापुँजीभन्दा बढी हो ।

नबिल, इन्भेस्टमेन्टसँगै एनआईसी एशिया पनि अब्बल बन्दै

तसर्थ, समग्र वित्तीय विरणको आधारमा सबैभन्दा अब्बल बैंकको शिर्षस्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक र एनआईसी एशिया बैंक रहेका हुन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC