site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको ठोस कार्ययोजना बनाएर पूर्वनिर्धारित समयमै पुनःनिर्माणको काम सम्पन्न गर्ने बताएका छन् ।  

मङ्गलबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेपछि बिहीबार पदबहालीका क्रममा उनले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पुनःनिर्माणको जग बसाल्ने काममा आफू र कर्मचारी अहोरात्र खटेको स्मरण गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका अनुभवका आधारमा पुनःनिर्माणमा देखापरेका समस्यालाई समाधान गर्दै सबैसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  

सो अवसरमा प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले आगामी वर्षभित्र निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कार्यसमिति सदस्य तथा कर्मचारीले स्वागत गरेका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC