site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उडन्ते गफले बन्दैन : पूर्व अर्थमन्त्री डा. महत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले उडन्ते गफले देश निर्माण नहुने टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक अर्थ र राजनीतिक समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता डा. महतले उडन्ते गफबाट देश निर्माण नहुने टिप्पणी गरेका हुन् । 
‘‘आवश्यकता सडकको छ, सरकार ३ विलियन डलर लगानी लाग्ने रेलका कुरा गरिरहेको छ । हावाको भरमा कुरा गर्नु उचित होइन् । आकाशे र उडन्ते कुरा गरेर जनता झुक्याउने ? उडन्ते गफले देश बन्दैन,’’ उनले भने । 
यसअघिका सरकारका पालामा करको वृद्धि दर सालाखाला २१ प्रतिशत हुने गरेको स्मरण गर्दै पूर्व अर्थमन्त्री महतले केपी ओली नेतृत्वको सरकारले ३६ प्रतिशत करवृद्धि गरेको बताए । कर बढी लाग्ने मुलुकमा पूँजी नभित्रिने भन्दै उनले अहिले अमेरिकामा पूँजी भित्रिरहेको स्मरण गरे । 
‘‘कर कम भएको मुलुकमा लगानी आकर्षित हुन्छ । ट्रम्पले कर घटाएका कारण अहिले अमेरिकामा लगानी भित्रिरहेको छ,’’ डा. महतले भने, ‘‘नेपालमा कर बढेको छ, कसरी लगानी आकर्षित हुन्छ ?’’ कर आतंकले गर्दा प्रधानमन्त्री ओलीप्रति निजी क्षेत्र विश्वस्त हुन नसकेको उनको भनाइ थियो । 
एक सय करोडभन्दा माथि लगानी गरेर व्यवसाय गर्ने उद्योगी–व्यवसायीलाई अनिवार्य प्राईभेट कम्पनीमा जानु पर्ने नियम लगाएर सरकारले निजी क्षेत्रलाई त्रसित बनाएको महतको आरोप थियो । उनले थपे, ‘‘सय करोड लगानी गर्नेलाई अनिवार्य प्रालिमा जान बाध्य पारेर नभएर सरकारले उनीहरुलाई सुविधा प्रदान गरेर आकर्षित गर्नु पर्दछ ।’’  
निजी क्षेत्रलाई निरुत्साहित गरेर समृद्धि हासिल हुन नसक्ने भन्दै उनले सरकारसँग निजी क्षेत्रलाई विश्वासमा लिन आग्रह गरे । सरकार कर्मचारीतन्त्रमा राजनीतिकरण गर्दै सरुवा, बढुवामा केन्द्रित भएको आरोप लगाउँदै डा. महतले अब कांग्रेस चुप लागेर बस्न नहुनेमा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC