site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तक्मेको म्युजिकल कविताः भन्दैछन्– याद आउँछ कि आउँदैन...?
Ghorahi CementGhorahi Cement

काठमाडौं । हाँस्य कलाकार विल्सन विक्रम राई (तक्मे) ले म्युजिकल कविता सार्वजनिक गरेका छन् । ‘याद आउँछ कि आउँदैन...’ शीर्षकको म्युजिकल कविता उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । 

उनले आँफैले लेखेको कविताको पृष्ठभूमिमा संगीत बजाएर आँफैले वाचन गरेका छन् । म्युजिकल कविताको भिडियोसमेत तयार पारेका छन् । 

Agni Group

“मेरो मनमा लागेको कुरा कवितामा उतारेको थिएँ, म कविता लेखेर त्यसलाई कविता संग्रहका रुपमा निकाल्न सक्तिन किनकी म त्यसमा पोख्त छैन,” राईले भने, “मैले जानेको भनेको भिडियो माध्यम हो, त्यसैले भिडियो बनाएर म्युजिकल कविता बनाउँछु भनेर बनाएको हुँ ।”

नेपालमा स्टेजमा म्युजिकल कविता भन्ने गरेको पाइए पनि पृष्ठभूमिमा संगीत राखेर भिडियो नै बनाएको भने पाइँदैन । “नेपालमा स्टेजमा म्युजिकल कविता भन्ने गरेपनि यसरी भिडियो नै बनाएको देखिएको छैन,” राई भन्छन्, “प्रयोगका रुपमा यो आएको छ, कस्तो हुन्छ त्यसकै आधारमा यसलाई निरन्तरता दिने या नदिने निर्धारण हुन्छ ।”

Global Ime bank

डिजे सन्तोषको सहयोगमा तयार भएको म्युजिकल कविता ‘याद आउँछ कि आउँदैन...’ को पृष्ठभूमीको गीतमा माण्डबी त्रिपाठीको स्वर छ । संगीत र ध्वनी डिजाइन तथा उत्पादन डिजे सन्तोषले गरेका छन् । 

किरण लिम्बू, प्रकाश प्रसाईं, प्रेम लिम्बूले क्यामेरा चलाउँदा कमल प्रसाईं, लोकेश अधिकारी, कृष्ण शुब्बाले ड्रोन चलाएका छन् । रेखा लिम्बू, आर्जन लिम्बू, कुवेर राई, विल्सन विक्रम राई लगायत फिर्चड भिडियो सम्पादन रविन्द्र खड्काले गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC