site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अभिनेता विपिन कार्की पुस्तक लेख्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता विपिन कार्कीले पुस्तक लेख्ने भएका छन् । चलचित्रमा अभिनय गर्दाका रमाइला क्षण र आफूले निभाएको चरित्रमा केन्द्रित रहेर विपिनले पुस्तक लेख्न लागेका हुन् । 

“चलचित्रमा अभिनय गर्दा मैले निर्माण गरेका चरित्र र उक्त चरित्र निर्माण गर्दाको अनुभव संगालेर पुस्तक लेख्न लागेको हुँ,” विपिनले भने, “चलचित्रमा चरित्र निर्माण गर्न कति कठिनाइ हुन्छ र त्यसका लागि समय खचिनुपर्छ भन्ने विषयमा पुस्तक केन्द्रित हुनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा भर्खर प्रवेश गरेको र नयाँ आउने पुस्तालाई आफ्नो चरित्र निर्माणमा सहयोग गर्न पनि पुस्तकले भूमिका खेल्छ भन्ने अपेक्षा रहेको कार्की बताउँछन् । 
वि.सं. २०७६ को वैशाखमा प्रकाशनको लक्ष्य रहेको उनले बताए । चलचित्र बुकहिल पब्लिकेशनले प्रकाशन गर्ने बताइएको छ । “हिजो (बुधबार) बुकहिलसँग पुस्तक लेखनका लागि सम्झैता गरेको छु,” उनले भने, “भूपेन्द्र खड्काले नै मैले मेरो चरित्र निर्माणमा गरेको मेहन र संघर्ष सुनेर बुक लेख्न भन्नुभयो, उहाँको आग्रहलाई स्वीकार गर्दै लेख्न तयार भएको हुँ ।”

पुस्तक उनी आँफै लेख्ने छन् । साहित्यमा अहिलेसम्म उनले कलम चलाएको नदेखिए पनि आफूले फुसर्दमा लेख्ने गरेको सुनाए । “बुक लेखनको आफ्नै फम्र्याट हुन्छ । आफूसँग अनुभव र कथा मात्रै भएर हुँदैन,” कार्कीले भने, “त्यसलाई पाठकले रुचााउने गरि कसरी भन्ने इन्ट्रेस्टिङ तरिकाले लेख्ने भन्ने कुरा आउँछ । पाठकलाई सम्झिदा कताकता डरको अनुभूत पनि भैरहेको छ ।” 

Global Ime bank

रङ्गमञ्चबाट रजतपटमा उक्लिएका कार्की नेपाली चलचित्र उद्योगमा चरित्र निर्माण र अभिनयमा भर्सटायल अभिनेताका रुपमा परिचित  छ । चलचित्र ‘छड्के’ मा विन्दुको क्यारेक्टरबाट दर्शकमाझ नोटिस भएका उनी चलचित्र ‘पशुपतिप्रसाद’ बाट आफूलाई स्थापित गर्न सफल भएका थिए । ‘पशुपतिप्रसाद’मा कार्की ‘भस्मे डन’ को चरित्रमा छन् । यीनै चरित्र जन्माउँदाको अनुभव उनले आफ्नो पुस्तकमा एकाकार गर्न लागेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC