site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ, रासस । काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४–७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ । सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो । 

“मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ,” महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले भने । यस्तै पैदलयात्रु ६३, ट्रक चार, साइकल तीन, बस आठ, टेम्पो एक र कार दुर्घटनामा चार जनाको ज्यान गएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

आव ०७३–७४ मा उपत्यकामा सवारी दुर्घटनामा १८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९, मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७७, ट्रक दुर्घटना चार, बस दुर्घटना सात, टेम्पो दुर्घटनामा एक र कार दुर्घटनामा नौजनाको मृत्यु भएको थियो । आव ०७३–७४ मा पैदलयात्रुको धेरै मृत्यु भएपछि महाशाखाले पैदलयात्रुलाई लक्षित गरी सडकमै विशेष कक्षा सञ्चालन गरेपछि पैदलयात्रु मर्नेको सङ्ख्यामा कमी आएको हो । 

उपत्यकामा मात्र आव ०७४–७५ मा ११ हजार ५०७ दुर्घटना भएकामा एक हजार ५८० ट्रक, एक हजार ३२७ बस, ४१० माइक्रो, तीन हजार ८९० कार, भ्यान, जीप, चार हजार ४६ मोटरसाइकल, स्कुटर, १०३ टेम्पो परेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC