site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
यी हुन् विश्वका १० उत्कृष्ट र निकृष्ट सहर
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतका आवास तथा सहरी मामिला राज्यमन्त्री हरदीप सिंह पुरीले सोमबार अव्वल सहरहरुको सूची जारी गरे । जसमा सुविधाका दृष्टिकोणले पुणे सहरलाई देशको सबैभन्दा उत्कृष्ट सहर मानिएको छ  । 

तर के तपाईंलाई थाहा छ कि यो मामिलामा विश्वको सबेभन्दा राम्रो सहर कुन हो ? सर्वेक्षणअनुसार अस्ट्रियाको राजधानी भियनालाई विश्वकै सबैभन्दा राम्रो सहर मानिएको छ । भियना अस्ट्रेलियाको मेलबर्नलाई पछि पार्दै यस वर्षको उत्कृष्ट सहरमा स्थान बनाउन सफल भएको छ । भियना युरोपको प्रतिनिधित्व गर्दै पहिलो पटक  विश्वकै पहिलो उत्कृष्टको सूचीमा आफूलाई उभ्याउन सफल भएको छ । 

मेलबर्न गत वर्ष सातौं नम्बरमा रहेको थियो । ‘द इकोनोमिस्ट इन्टेलिजेन्स यूनिट’ को ‘ग्लोबल लाइवेब्लिटी इन्डेक्स २०१८’ मा विश्वका १५० सहरहरुमा यो सर्वेक्षण गरिएको थियो । जसमा सहरको राजनीतिक अवस्था, सामाजिक स्थिरता, अपराध, शिक्षा, स्वास्थ्य लगायतका सेवाहरुलाई आधार बनाइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सर्वेक्षणमा प्राप्त आंकडाहरुका अनुसार म्यानचेस्टरमा सबैभन्दा बढी सुधार देखिएको छ । उत्कृष्ट सहरहरुको सूचीमा यो यूरोपेली सहर ३५ औं स्थानमा पुगेको छ । जुन यसअघि भन्दा १६ स्थान माथि उक्लिएको छ । 

सीरिया सबैभन्दा निकृष्ट सहर

Global Ime bank

गत वर्ष म्यानचेस्टरमा भएको एक आक्रमणमा २२ जनाको मृत्यु भए पछि ‘द इकोनोमिस्ट’ को सर्वेक्षणमा र्‍याङ्किङ घटाइएको थियो । र्‍याङ्किङ घटाइएपछि सर्वेक्षणको आलोचना भएको थियो । सर्वेका अनुसार आधाभन्दा बढी सहरहरुले गत वर्षको तुलनामा उत्कृष्ट प्रदर्शन गरेका छन् । 

मेलबर्न पछिल्ला सात वर्षदेखि यो सूचीको पहिलो स्थानमा थियो । यसवर्ष भने दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । उत्कृष्ट १० मा अस्ट्रेलियाका दुई अन्य सहर सिडनी र एडिलेडले स्थान कब्जा गरेका छन् ।  यो सूचीमा सीरिया सबैभन्दा पछाडि छ । त्यहाँं जारी गृहयुद्धका कारण सीरियालाई सुरक्षित स्थल मानिएको छैन् । सीरियापछि बंगलादेशको राजधानी ढाका र नाइजेरियाको लागोसलाई निकृष्ट सहर मानिएको छ । 

विश्वका १० उत्कृष्ट सहरहरु
 

भियना, (अस्ट्रिया)

मेलबर्न (अस्ट्रेलिया)

ओसाका (जापान)

केलगरी (क्यानडा)

सिड्नी (अस्ट्रेलिया)

भेकूभर (क्यानडा)

टोकियो (जापान)

टोरन्टो (क्यानडा)

कोपेनहेगन (डेनमार्क)

एडिलेड (अस्ट्रेलिया)

विश्वका १० निकृष्ट सहर
 

दमिश्क (सीरिया)

ढाका (बंगलादेश)

लागोस (नाइजेरिया)

कराँची (पाकिस्तान)

पोर्ट मोरेस्बी (पापुआ न्यू गिनी)

हरारे (जिम्बावे)

त्रिपोली (लीबिया)

डुआला (क्यामरून)

अल्जेयर्स (अल्जेरिया)

डकार (सेनेगल)
बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ०५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC