देश
राजविराज । सप्तरीको महदेवा गाउँपालिका–२ मा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीय कपलेश्वर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै धान पेल्ने मिल सञ्चालन गर्न विद्युत्को प्लक र स्विच जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । मण्डलको शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५ १८:१३
प्रतिक्रिया दिनुहोस्