site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फाको विशेष साधारणसभाद्वारा विधान संशोधन
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनमा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभाले विधान संशोधन गरेको छ । साधारणसभाले आर्थिक, कर्मचारी, एन्फा सञ्चालन नियमावली र लिग सञ्चालनसँग सम्बन्धित विषयहरुमा निर्णय गरेको हो ।

विधान मस्यौदामा प्रादेशिक संरचना निर्माण गर्ने, एन्फाको मतधिकार सदस्यमा १३ मत थप गर्ने निर्णय साधारण सभाले गरेको छ । जसअनुसार प्रदेशमा ५ मत थप गरेको हो । प्रदेश नम्बर ५ मा १ मत, प्रदेश ६ मा २ मत र प्रदेश ७ मा २ गरी प्रदेशमा कुल ५ मत बृद्धि गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, क्लबसंख्या पनि थप गरेको छ । सी क्लबको संख्या बृद्धि गर्दै १८ पु¥याएको छ भने मतसंख्या पनि बढाएर ९ पु¥याएको छ । त्यस्तै, बी क्लबको संख्या बढाएर १६ पु¥याएको छ भने मताधिकार पनि बढाएर ११ पु¥याएको एन्फा प्रवक्त किरण राईले जानकारी दिएका छन् ।

साधारणसभापछि पत्रकारसँग बोल्दै प्रवक्ता किरण राईले भने, “स्थायी समिति हामीले वृद्धि गरेका छौं । बैठक सम्बन्धि केही प्रावधानहरू केही सुधार गरेका छौ । आगामी दिनमा हामीले जे कार्य गर्छौ नीतिगत रुपमा हामी स्पष्ट भएका छौ । अब हामीले नीतिगतरुपमा ब्यवस्था गरिसकेपछि कार्यन्वयनतर्फ जान्छौं ।”

Global Ime bank

यो विशेष साधारणसभा एन्फाको निम्ति विशेष र ऐतिहासिक हुने प्रवक्ता राईले दाबी गरे ।

त्यस्तै, एन्फाको विधान संशोधन नगर्न आग्रह गर्दै साउन २८ गते राष्ट्रिय खेलकुद परिषद्ले पत्र पठाएको थियो । राखेपले खेलकुदको नयाँ ऐन संशोधनको अन्तिम चरणमा पुगेको र खेलकुद संघहरूको पनि ऐन बनाउनु पर्ने भएको भन्दै एन्फाको विधान संशोधन नगर्न पत्र पठाएको थियो ।

तर, एन्फा प्रवक्ता राईले पत्रको आसयअनुरुप विधान संशोधन गरेको दाबी गरे । राखेपको खेलकुद ऐनसँग एन्फाको नयाँ ऐन बाझिएमा एन्फाको संशोधित बुद्दाहरु खारेज हुने प्रवक्ता राईले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC