site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘शत्रु गते’ युनिटले बनाउने भयो ‘दाल भात तरकारी’
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘शत्रु गते’ युनिटले नयाँ कमेडी चलचित्र ‘दाल भात तरकारी’ को घोषणा गरेको छ । मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

चलचित्र ‘दाल भात तरकारी’ लाई निर्माता किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड चलचित्र ‘रिमेम्बर मि’ र ‘माई लभ’मा सह–निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, चलचित्र ‘शत्रु गते’ मा पनि सहायक निर्देशकको रुपमा काम गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल, राजाराम पौडेल, शिशिर बाङ्ग्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ । 

मंसिर पहिलो साताबाट छायांकन शुरु हुने चलचित्र २०७६  वैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । 

Global Ime bank

शम्भुजित बाँस्कोटाको संगीत रहने चलचित्रका गीत हरिवंश आफैंले लेखेका छन् । चलचित्रमा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंशको अपोपजटमा निरुतालाई देख्न सकिनेछ । विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि अभिनय रहने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC