site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साउनमा पुरुषको पनि व्रत 

अहिले व्रत भन्नासाथ महिलाले गर्ने उपासना र उपवास भनेर बुझिन थालेको छ ।  हुन पनि धार्मिक कार्य र व्रत उपासनामा महिला नै अग्रसर हुने गरेको कथा किंवदन्ती र पुराणहरूमा समेत पाइन्छ । साउन महिनामा पनि शिवजीको आराधना, सोमबारको व्रत र महिलाको शृङ्गारलाई विशेष महत्त्व दिएके देखिन्छ । तर, आजकल कतिपय पुरुषले पनि व्रत बसेको सुनिन्छ । सामान्यतयः व्रत उपासनामा शाकाहारी र सात्विक खानपान, सरल, सहज आचरणमा रहने गरिन्छ । त्यसमा पनि साउन महिना मैसमका कारणा संक्रमण बढ्ने हुँदा खानपानमा विशेष ध्यान दिनुपर्ने उपवासको विशेष महत्त्व हुन्छ । 

ऋतुअनुसार प्रकृतिमा परिवर्तन आएजस्तै मानिसको स्वभाव र रुचिमा पनि परिवर्तन आउँछ । किनभने मानिस पनि त प्रकृतिकै एक अंश हो ।  प्रकृति र प्रकृतिमा आउने परिवर्तनबाट मानिस निरपेक्ष रहन सक्तैन । हिन्दु परम्परामा पर्व र ऋतुहरूमा गरिने उपवास अनि  उपासनाको गहिरो महत्त्व छ | ओशो भन्नुहुन्छ – “उपवास - नजिक बस्नु र उपासना-नजिक आसन लगाउनु हो ।“ जसको अर्थ हुन्छ हामीले मान्दै आएको भगवान, परमात्मा, शिवशक्ति, अस्तित्व, गुरु जे नाम लिएपनि उसको नजिक, उसको पासमा बस्नु र उसको आराधना गर्नु । अवश्यमेव त्यो परम शक्ति, परम कृपा, परम आशीर्वाद प्राप्त गर्न गरिने साधनाले हाम्रो जीवन ऊर्जामा सकारात्मक नतिजा ल्याउँछ ।

यो सकारात्मक ऊर्जा महिलालाई मात्र आवश्यक हो र ? अवश्य होइन, पुरुषलाई पनि आवश्यक छ । त्यसैले होला आजकल पुरुषहरु खुलेरै व्रत र उपासनाको बारेमा बताउने गर्छन् । त्यसमाथि अर्धनारीश्वर मानिने शिवको आराधनामा पुरुष सहभागिताले त्यत्तिकै महत्त्व राख्छ । मन्दिरमात्रै जाँदा पनि मानिसमा सकारात्मक सोचको विकास हुन्छ भने परम अस्तित्वको मर्म बुझेर उसको शक्तिको उपासना गर्दा पक्कै पनि भित्रैदेखि ऊर्जा प्राप्त हुन्छ । त्यही ऊर्जाले गर्दा मानिसलाई शान्त, आनन्द, मस्त र स्वस्थ राख्छ । जसरी आमा बच्चाको नजिक हुँदा बात्सल्य भाव पैदा हुन्छ र  उनको सारा ध्यान बच्चामा हुन्छ । उनी बच्चा जस्तै बन्छिन्, सँगै लोरी गाउन थाल्छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बोली पनि बच्चाको जस्तै निकाल्छिन्,  हाउभाउ बच्चाको जस्तै हुन्छ |  आफू पनि बच्चाजस्तै लोभ, मोह, रिस, रागनगरी, पूरै सकारात्मक र बात्सदल्य भावले  मात्र भरिएकी हुन्छिन् । त्यसैगरी शिवशक्ति, अस्तित्वप्रति उपासना गर्दै ती शक्तिको नजिक बसेर गरिने आराधनाले पनि त्यस्तै सकारात्मक ऊर्जा प्राप्त हुन्छ | जहाँ सत्यम, शिवम्, सुन्दरम्को आभास हुन्छ त्यहाँ नै परमात्माको, अस्तित्वको अनुभूति हुन्छ । त्यसैले सत्यम, शिवम्, सुन्दरम् को आभास हुने गरी परमात्माको नजिक बस्नु उपवास हो । खुला हृदयले, प्रेमपूर्ण, त्यो अस्तित्वरूपी ऊर्जाको आगमनको प्रतीक्षा गर्नु, निमन्त्रणा गर्नु र परम चेतनाको उपस्थितिको लागि हृदयको ढोका खुला राखेर प्रतीक्षा गर्नु व्रत र उपवास हो जो पुरुष स्वभावले पनि महसुस गरेका हुन्छन् ।

हामीले उपवासको अर्थ अन्न नखाई भोको बस्नु भनेर बुझेका छौं । तर, त्यतिमात्र नभई परम ऊर्जाको नजिक हुनु, त्यो ऊर्जा आफूले पनि प्राप्त गर्नु र जीवन ऊर्जालाई सकारात्मक भावले फैलाउनु भन्ने अर्थ र संदेश उपवासले प्रदान गर्न खोजेको हो । यस्ता उपवास र उपासनामा कुनै चेष्टा तथा प्रयास हुँदैन । परम ऊर्जा समर्पण र निष्क्रियतामा मात्र अनुभूति गर्न सकिन्छ | जसरी सबै कर्मबाट थकित भएर निष्क्रिय हुँदा हामीलाई निद्राको अनुभूति हुन्छ र मस्तसँग निदाउन सकिन्छ त्यसरी नै परम शक्ति र शान्तिको अनुभूति प्राप्त गर्न निष्क्रिय र अक्रियामा रहनुपर्छ । परमात्मा हामी छेउ आउन आफैँ आतुर छ  त्यसको लागि प्रयास होइन उपवास चाहिन्छ । उसप्रतिको  भक्ति, साधना र प्रतीक्षा गर्न सक्ने धैर्य चाहिन्छ । धैर्य महिलामा मात्र होइन पुरुषमा पनि हुन्छ । त्यसैले पुरुष पनि आस्था, व्रत, उपासना र खानपान बारे सचेत हुन्छन् । बरु पुरुषहरु यसलाई हल्लाखल्ला नगरी मौन अभ्यास गर्छन् ।

Global Ime bank

सजिलो छ परमात्माको उपासना गर्न । सात्विक भोजन ग्रहण गर्ने, शान्त बस्ने , धैर्यपूर्वक प्रतीक्षा गर्ने र उसको स्मरणमा डुब्दा परम ऊर्जा प्राप्त हुन्छ । उसको स्मरणमा डुब्ने एकमात्र कला मौन अर्थात् ध्यान हो।  बिनाकोलाहल, बिनाहिसाबकिताब  र बिनातर्क परम तत्त्वको अनुभूति प्राप्त गर्न सकिन्छ । उपवास र उपासना कुनै क्रिया होइन । सबै कुरा परमात्मालाई समर्पण गरेर आफू शान्त उसको प्रतीक्षामा रहनु  उपवास  हो ।  मन्दिर जानुमा कुनै आपत्ति छैन तर भित्रको आफ्नो ऊर्जाको पहिचान गरी परम तत्त्वको अनुभूति गर्नु नै उपवासको फल हो । बाहिरी पूजाअर्चना र भजन व्रत, उपवास हैन । आफ्नो अन्तर्तमको आवाज सुन्नु, उसको इसारा बुझ्नु र सत्कर्म र प्रेमपूर्ण कर्ममा लाग्नु उपवास र उपासना हो ।

असत्य, हिंसा, कुकर्मबाट सुमार्गमा ल्याउने उपाय प्रेम, साधना र सकारात्मकता हो । मनका विकार त्यागी, आफूभित्र भएको पशुत्वको बलिदान गरी प्रेमपूर्ण र करुणावान् बन्ने संदेश शिव भगवानको हो । उपवास र उपासना हाम्रा धर्म र गुण हुन् । सही अर्थमा जीवन रुपान्तरण हुनेगरी उपवास र उपासनालाई अपनाउन सक्नु मुख्य कुरा हो ।

यसको लागि ध्यान एकमात्र माध्यम हो । ध्यानले सबै विकाररुपी पर्दा उघार्नमा मद्दत गर्छ अनिमात्र आफ्नो स्वभावरूपी घरभित्र प्रवेश गर्न सहज हुन्छ । भगवान शिवको वास्तविक भक्ति त्यतिबेला हुन्छ जब उनले प्रस्तुत गरेका १०८ ध्यान विधिमध्ये कुनै एकलाई आफ्नो जीवनको सहारा बनाउन सकिन्छ । जब मानिस ध्यानमग्न हुन्छ तब जागृत हुन्छ । जब जागृत हुन्छ तबमात्र आफ्नो स्वास्थ्य, आचरण, व्यवहार र खानपानबारे सजग हुन्छ । के महिला, के पुरुष सबैमा यस्ते सजगता जरुरी छ ।

 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC