site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धर्म परिवर्तन गराए पाँचवर्ष कैद र पचास हजार जरिबाना, विदेशीले गराए देश निकाला 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन गराए पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँ जरिबाना हुने भएको छ । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा यो व्यवस्था गरिएको छ ।

ऐनमा कुनै पनि धार्मिक स्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुने व्यवस्था गरिएको छ । कसैले क्षति पुर्याएमा तीनवर्ष कैद र तीसहजार जरिबाना ऐनमा व्यवस्था गरिएको छ । तर विदेशीले यस्तो कसुर गरे वा गराएको रहेछ भने तीनवर्ष कैद र तीस हजार जरिबानासहित ७ दिनभित्र निजलाई विदेश पठाउनुपर्ने व्यवस्था गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै पनि किसिमबाट कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याएमा दुईवर्षसम्म कैद र बीसहजार जरिबानाको व्यवस्था ऐनमा गरिएको छ । एनेको दफा १५८ मा धर्म परिवर्तन गराउन नपाउने व्यवस्था गरिएको छ । ऐनमा भनिएको छ–कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन ।”

उपदफा (२) मा भनिएको छ– कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।”

Global Ime bank

यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरबाना हुने व्यवस्था ऐनमा छ । ऐनमा विदेशीले त्यस्तो कसुर गरेमा कैद भुक्तान गरेको सातदिनभित्र नेपाल बाहिर पठाउनुपर्ने व्यवस्था रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC