site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
अर्काको शुक्राणुबाट किन आमा बन्दैछन् महिलाहरु ?
Sarbottam CementSarbottam Cement

बीबीसी । विश्वभरीमा अर्काको शुक्राणु खरिद गरेर आमा बनिरहेका महिलाको संख्या विश्वभरी बढ्दै गएको छ । यस्ता महिलाहरु बिबाह नगरेरै ‘आईवीएफ’ को सहायतामा बिना यौन सम्बन्ध आमा बनी रहेका छन् । 

पाली केर पनि त्यस्तै महिलामध्ये एक हुन्, जो अपरिचित पुरुषको शुक्राणु प्रयोग गरेर आमा बनेकी छिन् । अक्सफोर्डकी ३९ वर्षिया पालीले एक अज्ञात शुक्राणुदाता (स्पर्म डोनर) को शुक्राणुबाट गत वर्ष गर्भधारण गरेकी थिइन् । र यो वर्षको शुरुआतमा उनले शिशु जन्माएकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस प्रक्रियामा शुक्राणुलाई प्रयोगशालामा गर्भाधान गरिन्छ । ‘आईवीएफ’ लाई एक–अर्काको कमजोरीका कारण आमा अथवा बुवा बन्न सक्ने सामथ्र्य नभएका दम्पतीहरुले पनि प्रयोग गर्दै आएका छन् । 

पालीले भनिन्, ‘‘म पूर्णतः तयार थिएँ र जान्दथेँ कि यदि म आमा बन्न चाहन्छु भने आईवीएफलाई नै अपनाउनु पर्नेछ । ३६–३७ वर्षकी हुँदा नै मैले यसका बारेमा गम्भीरतापूर्वक सोच्न शुरू गरेकी थिएँ । म कहिल्यै रिलेशनशिपमा रहिन । यस्तो अवस्थामा मैले आईवीएफ नअपनाएको भए कहिल्यै आमा बन्न सक्थिन ।’’

Global Ime bank

ब्रिटेनमा सरकारी तथ्याङ्कअनुसार एकल महिला बन्ने प्रचलन बढ्दै गएको छ । सन् २०१४ देखि ब्रिटेनमा एकल महिलाको दर ३६ प्रतिशतले बृद्धि भएको छ । अक्सफोर्ड फर्टिलिटीका मेडिकल निर्देशकले २० भन्दा बढी एकल महिलाहरुको उपचार गरिएको बताएका छन् । 
जस्तो–जस्तो जागरूकता बढ्दै जानेछ त्यस्तै–त्यस्तै एकल महिलाको प्रचलनपनि बढ्दै जाने उनको भनाई छ । 

अक्सफोर्ड फर्टिलिटीले मानिसहरुले अब बच्चालाई एक्लै जन्माउन चाहेको जनाएको छ । शिशु जन्माउन मानिसहरु कि त शुक्राणु खरिद गर्छन् भने कि अंडाणु । भारतमा यो चलन हालैका दिनहरुमा देखिन शुरु भएको छ । गतवर्ष बलिउडकर्मी करण जौहर र तुषार कपूरले पनि यो विधि अपनाएका थिए । 

यद्यपि ‘आईवीएफ’ महंगो हुन्छ । ब्रिटेनमा झण्डै सात लाख रुपैयाँसम्म खर्च हुन्छ । ‘आईवीएफ’ सफल रहने नरहने भन्ने कुरा महिलाको अंडाणुमा निर्भर हुन्छ । र साथै शुक्राणुको गुणवत्तामा पनि । अक्सफोर्ड फर्टिलिटीमा ‘आईवीएफ’ को सफलताको दर ३० देखि ५० प्रतिशतको बीचमा छ । 

बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  ०६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC