site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
श्रीदेवी जीवित भएकी भए...
Sarbottam CementSarbottam Cement

बीबीसी । पछिल्लो १५ वर्षमा मात्रै दुईवटा चलचित्रमा काम गरे पनि श्रीदेवीका शुभचिन्तक र फ्यानहरुको कमी छैन । जीवित भएको भए अगस्ट १३ का दिन उनी ५५ वर्षकी हुने थिइन् ।

लिङ्ग र भाषाको सीमा पार गर्ने अभिनेत्रीमा श्रीदेवी विशेष रहिन् । जसले हिन्दी, तमिल, तेलुगूसहितका भाषाका चलचित्रमा सुपरस्टार बनेर राज गरिन् । गएको फेब्रुअरीमा दुबईमा उनको निधन भयो । निधनलाई लिएर धेरै विवाद पनि भयो । अहिले उनी छैनन् । तर सामाजिक सञ्जालमा उनले पोस्ट गरेका सामग्रीका आधारमा श्रीदेवीलाई जान्ने प्रयास गरिएको छ ।

सामाजिक सञ्जालमा कस्ती थिइन् श्रीदेवी
 

Prabhu Bank
Agni Group
NIC Asia

एक अभिनेत्री बाहेक उनका अरु धेरै भूमिका थिए । ट्वीटरमा उनी प्रायः एक आमाका रुपमा प्रस्तुत हुन्थिन् । उनले ममताले भरिएका तस्बिर पोस्ट गर्थिन् जसमा छोरीहरु हुन्थे ।

बोनी कपूरको साथमा आइसक्रिम खाँदै गरेको तस्बिरमा उनी एक प्रेमिका देखिन्छिन् । कहिले उनी आफ्नो बुवालाई आदरले सम्झिने छोरीको रुपमा पनि प्रस्तुत भइन् । कहिले फेसन आइकनका रुपमा भने कहिले पेन्टरको रुपमा पनि उनलाई देखियो । श्रीदेवी पेन्टर पनि थिइन् । उनको यो कलाका बारेमा थोरैलाई मात्रै थाहा छ । सन् २०१३ को जुनमा श्रीदेवीले ट्वीटरमा आफूले बनाएको पेन्टिङको तस्बिर पोस्ट गर्दै लेखेकी थिइन्, ‘‘यो मेरो शुरुआती पेन्टिङ मध्येको एक हो, थट्स ।’’

Global Ime bank

उनले छोरी जाह्नवीका लागि माइकल ज्याक्सनलाई श्रद्धाञ्जली स्वरुप बनाएको पेन्टिङ पनि ट्वीट गरेकी थिइन् । श्रीदेवीले अभिनय गरेका फिल्महरु तर्फ फर्किएर हेर्दा उनी ती केही व्यक्तिमा थिइन, जसले बालकलाकारका रुपमा प्रशिद्धी पाएपछि अभिनेत्रीका रुपमा पनि ठूलो सफलता हात पारेकी थिइन् । बालकलाकारका रुपमा प्रशिद्ध भएकाहरु हुर्किएपछि बिलय भएका छन् ।

श्रीदेवीको जादु
 

उनको शुरुआती तमिल चलचित्र पौराणिक कथामा बनेको थियो । ४–५ वर्षकी श्रीदेवीले भगवान मुरुगनको भूमिका निर्वाह गरेकी थिइन् । यो चलचित्रमा उनले आफ्नो जादुमयी स्पर्शबाट एक रोगी बच्चालाई ठीक गर्ने भगवान मुरुगनको भूमिका गरेकी थिइन् ।

त्यहीँबाट शुरु भएको उनको यात्रा जहिले जादुमयी बन्यो । उनले आफ्नो भूमिका मात्रै होइन सम्पूर्ण चलचित्रलाई धेरै सुन्दर बनाइन् । चाहे त्यो ‘सदमा’ होस् अथवा ‘चाँदनी’ वा ‘इंग्लिस विङ्गलिस’ अथवा ‘लम्हे’ । सन् १९८५ मे को फिल्मफेयरको कभरमा श्रीदेवीको तस्बिर छापियो र उनलाई महारानीको उपमा दिइयो । हिन्दी चलचित्रमा उनी आएको केही वर्ष मात्रै भएको थियो त्यो बेला ।

उनको एउटै चलचित्र धेरै भाषामा बन्नु लोकप्रियताको प्रमाण हो । ती चलचित्रमा हिरो फेरिन्थे तर हिरोइन श्रीदेवी नै हुन्थिन् । सन् १९८३ को चलचित्र ‘मवाली’ मा जितेन्द्र, जयाप्रदा र श्रीदेवी थिए । त्यो चलचित्र तेलुगूमा श्रीदेवी र तमिलमा श्रीदेवी तथा रजनीकान्त थिए । यस्तै ‘सदमा’ पहिले तमिलमा बन्यो, त्यसमा कमल हसन पनि थिए । हिन्दीमा पनि बन्यो र श्रीदेवी नायिका रहिन् ।

एक श्रीदेवी, भूमिका अनेक
 

श्रीदेवी नै हुन् जो ‘नागिन’ बन्न सक्थिन, ‘चाँदनी’ मा एक आत्मसम्मानले भरिएकी युवती अनि ‘लम्हे’ मा प्रेमको परिभाषालाई चुनौती दिने ‘पूजा’ बनिन् । ‘मिस्टर इन्डिया’ होस् या ‘चालबाज’ अथवा ‘इंग्लिस विङ्गलिस’ उनी फिल्मका हरेक भूमिकामा अब्बल देखिइन् ।
फिलम ‘सदमा’ मा मनलाई नै हल्लाउने युवतीको भूमिका निभाएकी श्रीदेवीले ‘इंग्लिस विङ्गलिस’ मा एक आमा, श्रीमती जो हिचकिचाउँदै घर बाहिर निस्कन्छे र केही गरेर देखाउने गृहिणी बन्छे । उनले हरेक भूमिका उस्तै न्यायले निर्वाह गरेकी थिइन् । यो वर्ष श्रीदेवीले फिल्म ‘सदमा’ को ३५ औँ वर्ष बनाएकी हुन्थिन्, रजनीकान्तसँगको तमिल–कन्नड चलचित्र ‘प्रिया’ को ४० औँ र आफ्नो बिहेको २२ औँ वर्षगाँठा मनाउने थिइन् । अनि, छोरी जाह्नवीको पहिलो चलचित्र ‘धडक’ पनि हेर्ने थिइन् ।

बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  ०५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC