site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मुलपानी क्रिकेट मैदानको मुआब्जा विवाद सुल्झियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मुआब्जा विवाद सुल्झिएको छ ।   मैदानको बीचभागमा पर्ने ५२ आना जग्गाको सट्टा जग्गा नै दिने निर्णयभएसँगै विवाद सुल्झिएको हो ।

मन्त्रिपरिषद्को बैठकले मैदानको मुआब्जा विवाद समाधानको लागि जग्गा धनीलाई मुलपानी क्रिकेट मैदानको परिसरमै जग्गा दिने निर्णय गरेपछि विवाद समाधान हुने भएको हो । लामो समयदेखि जग्गा विवाद समाधान नहुँदा निर्माण कार्य रोकिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रिपरिषद् बैठकको निर्णयसँगै मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानले अब गति लिने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशवकुमार बिष्टका प्रेस सल्लाहकार रोहित दाहालका अनुसार मन्त्रिपरिषद्को बैठकले जग्गाको सट्टा जग्गा नै दिने निर्णय भएको बताए । उनले मैदान परिसरमै रहेको जग्गा जग्गाधनीलाई दिने निर्णय भएको बताए ।

यसअघि जग्गाको विवाद समाधान गर्नका लागि सरकारले तोकिएको मुल्यमा जग्गाधनीले छाड्न मानेका थिएनन् । जग्गाधनीले जग्गा सट्टापट्टाको अडान राखेपछि मैदान निर्माण कार्य रोकिएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC