काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले १८५ वटा सम्पदा पुनर्निर्माण गरिसकिएको जानकारी दिएका छन् । व्यवस्थापिका संसदमा आफूले नेतृत्व गरेको मन्त्रालयबारे सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले ४८ वटा सम्पदा भर्खर बनेको र पाटन दरवार क्षेत्रका केही सम्पदासमेत पुनर्निर्माण सकिएको बताए ।
त्यस्तै उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन सकिएको जानकारी दिए । निजगढ विमानस्थलकै सन्दर्भमा मुआब्जाको काम शुरू भइसकेको र रूख कटान पनि छिट्टै शुरू गरिने उनले बताए ।
भैरहवा विमानस्थल २०१९ को जुन २० सम्ममा सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जग्गा अधिकरणसम्बन्धि सर्भे भइरहेको र आवश्यक परेमात्र अधिकरण गरिने जानकारी उनले दिए ।