अर्थ व्यवसाय

कतार एयरवेज १८ औँ एसियाली खेलकुदको आधिकारिक एयरलाइन्स

कतार एयरवेज १८ औँ एसियाली खेलकुदको आधिकारिक एयरलाइन्स

दोहा, कतार । कतार एयरवेजले इण्डोनेसियाको जकार्ता तथा पलेम्बाङमा १८ अगस्टदेखि सेप्टेम्बर २, २०१८ सम्म आयोजना हुने १८ औँ एसियाली खेलकुदको प्रेस्टिज पार्टनर तथा आधिकारिक एयरलाइन्स रहने घोषणा गरेको छ । अत्यधिक प्रत्याशित उक्त खेलकुद महोत्सवले ४५ सहभागी राष्ट्रका खेलाडीहरुलाई जकार्ता तथा पलेम्बाङमा निम्त्याई प्रतिष्ठित पुरस्कारहरुको लागि प्रतिस्पर्धा गराउने छ । 

सो अवसर मनाउने क्रममा जकार्ता, इण्डोनेसियामा ९ अगस्ट २०१८मा भव्य समारोह आयोजना गरिएको थियो । जहाँ इण्डोनेसिया गणतन्त्रका उपराष्ट्रपति जुसुव काल्ला, इण्डोनेसिया गणतन्त्रका लागि कतार राज्यका राजदूत अहमेद बिन जसिम अल–हमार तथा इण्डोनेसियाई एसियाली खेलकूद आयोजन समितिका अध्यक्ष श्री एरिक थोइरको उपस्थिति रहेको थियो ।

२०१८ फिफा विश्वकप रुसको सफलता पश्चात्, जसको आधिकारिक पार्टनर तथा एयरलाइन पनि कतार एयरवेज नै रहेको थियो, कतार राज्यको यस राष्ट्रिय विमानले अब रुसबाट एसिया तर्फ ध्यान केन्द्रीत गरी आफ्नो नेटवर्क विस्तार गर्दै विश्वव्यापी सम्बन्ध अझ मजबुत बनाउने योजना बनाएको छ । 
 

तपाईंको मत