खेल

नेपाल फुल कन्ट्रयाट कराते महासंघद्वारा उपाध्यक्षद्वय श्रेष्ठ र सुवेदीलाई पदमुक्त

baahrakhari

काठमाडौं । नेपाल फुल कन्ट्रयाक कराते महासंघको शुक्रबार बसेको बैठकले उपाध्यक्षद्वय प्रेमनाथ श्रेष्ठ र राजेन्द्र सुवेदीलाई पदमुक्त गरेको छ । त्यस्तै, सदस्यद्वय दीपकबहादुर थापा र सुर्यबहादुर बुढाथोकीलाई पनि सदस्य पदबाट हटाएको छ ।
श्रेष्ठ र बुढाथोकी तथा सदस्यद्वय थापा र बुढाथोकीलाई महासंघबाट पद मुक्त गर्नुको कारण भने खुलाएको छैन । महासंघको विधान २०६८ को धारा २० को उपधारा १ को देहाय ‘ख’ बमोजिम पदमुक्त गरिएको महासंघले उल्लेख गरेको छ ।
त्यस्तै, पोखरामा भदौ २३ गते महासंघका वार्षिक साधारणसभा गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै, खेलाडीलाई समर क्याम्पमा राख्ने निर्णय गरेको नेपाल फुल कन्ट्रयाक कराते महासंघका अध्यक्ष दमन बस्नेतले जानकारी दिएका छन् ।
 


तपाईंको मत