site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आरपी ग्रुपले प्रख्यात अल्डो ब्रान्डका सामग्री बिक्री गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ब्रान्डेड सामग्री बेच्दै आएको आरपी ग्रुपले थप नयाँ अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा भित्र्याएको छ । ग्रुपले अल्डो ग्रुप द्वारा निर्मित तथा उत्पादित अल्डो ब्रान्डका सामग्री नेपालमा भित्र्याउने तयारी गरेको हो ।
विश्व प्रख्यात ब्रान्ड अल्डोका सामग्री आरपी ग्रुपले एपी फुटवेयर एन्ड एसोसेरिज मार्फत नेपालमा बिक्री वितरण गर्ने भएको छ । एपी फुटवेयर एन्ड एसोसेरिजले अल्डो ब्रान्डको सोरुम ललितपुरको जावलाखेलस्थित स्टाण्डर्ड चार्टर्ड भएको भवनमा सञ्चालनमा ल्याउने भएको छ ।
नेपालीहरु ब्रान्डेड सामानप्रति आकर्षित हुँदै गइरहेको बेला कम्पनीले नयाँ ब्रान्ड नेपालमा भित्र्याएको हो । ब्रान्डप्रति सचेत उपभोक्ताका लागि एपी फुटवयर एन्ड एसोसेरिज अति उपयोगी हुने कम्पनीले बताएको छ ।
एपीले विशेषगरी, छालाबाट निर्मित तथा उत्पादित महिला तथा पुरुषका लागि जुत्ता चप्पल, ह्यान्ड ब्याग, ट्रली, लगेज, कम्प्यूटर व्याग, सिलिङ व्याग, बेल्ट पर्स जस्ता सामानको उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । इन्डियन टेरेन, डामिलानो इटालीया र रोसो ब्रुनेलो जस्ता अन्तर्राष्ट्रिय  ब्रान्ड भित्र्याएको आरपी ग्रुपले निकट भबिस्यमा अरु प्रख्यात  ब्रान्ड पनि भित्र्याउँदै जाने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC