site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पूर्वउपाध्यक्ष कुँवरद्वारा एन्फामा अनियमितताको आरोप, छानबिनको माग गर्दै उजुरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा अनियमितता भएको आरोप लगाउँदै त्यसको छानबिन गर्न पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमा उजुरी दिएका छन् ।
दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्षसमेत रहेका मणि कुँवरले ५ बँुदामा एन्फाले पछिल्लो समयमा गलत गतिविधि गरेको आरोप लगाउँदै त्यसको छानबिन गर्न युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा र राखेपका सदस्य सचिव केशव कुमार विष्टलाई पत्र पठाएका छन् ।
पूर्व वरिठ उपाध्यक्ष कुँवरले एन्फामा आएका कर्माछिरिङ शेर्पा नेतृत्वको नयाँ कार्यसमितिले संसारमै नभएको रेलिगेशन विनाको लिग गर्न लागेको बताएका छन् । त्यस्तै, कर्माछिरिङ शेर्पा प्यानललाई चुनावमा सहयोग गरेकै भरमा विदेशी नागरिक नविन पाण्डेलाई फिफा कंग्रेसमा सहभागि गराएको आरोप लगाएका छन् । 
राखेप र मन्त्रालयमा बुझाएको पत्रमा मणिले रसिया विश्वकपका लागि फिफाबाट २५० टिकट ल्याए पनि पारदर्शिता नदेखाएको, एन्फा चुनाव भएको ३ महिना पनि नवित्दै चितवनमा विशेष साधारणसभा गरेर विधान संशोधन गरेको आरोप लगाएका छन् । आफ्नो मनोमानी तरिकाले प्रदेशमा संरचना गर्न खोजेको उनको भनाइ छ । 
गत वैशाखमा एन्फा चुनावबाट ४ वर्षका लागि कर्माछिरिङ शेर्पाको नेतृत्वमा पूरै प्यानल विजयी भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC