site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजनीतिक परिवर्तनमा महिला संघको भूमिका महत्वपूर्ण : प्रकाशमान सिंह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको राजनीतिक परिवर्तनमा नेपाल महिला संघको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल महिला संघ काठमाडौँले आयोजना गरेको ७१ औँ स्थापना दिवस तथा तिजको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो भूमिका रहेको बताए । 
‘‘राणा शासन, प्रजातन्त्र स्थापना, गणतन्त्र स्थापनालगायतका आन्दोलनमा नेपाल महिला संघले महत्वपूर्ण भूमिका खेलेको छ,’’ उनले भने । नेता सिंहले महिला संघले स्थापनाकालदेखि उठाउँदै आएका मुद्दालाई समयानुकूल परिमार्जन गर्दै महिलाको समग्र व्यक्तित्व विकास र उत्थानका लागि संगठन विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । 
उनले संविधानभित्र रहेका महिलाका हक–अधिकारलाई अध्ययन गरेर कमी– कमजोरी भए सच्याउँदै संविधान कार्यान्वयनका लागि महिला संघले नेतृत्व लिनुपर्ने उल्लेख गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले वर्तमान सरकार महिलाका हक–अधिकारप्रति गम्भीर नभएको आरोप लगाए । संविधानअनुसार कानुन बनाउन सरकारले आलटाल गरिरहेको उनको भनाइ थियो । 
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य कमला पन्तले महिला हक–अधिकारका लागि महिला संघले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेपनि संसद र पार्टीभित्र महिलाहरुले अहिलेसम्म उचित स्थान पाउन नसकेको गुनासो गरिन् । 
कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपालीे महिलाको हक–हित, सशक्तिकरण, जागरण,  सामाजिक रुपान्तरणमा महिलाहरुको ठूलो योगदान रहेको बताइन् । कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले महिला शक्ति बलियो नभएसम्म पार्टी र मुलुक बलियो नहुने बताए । गाउँगाउँसम्म महिला जागरण लैजान जरुरी रहेको उनको भनाई थियो ।  
नेपाल महिला संघ काठमाडौंका अध्यक्ष विष्णुदेवी पुडासैनी, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलगायतले कांग्रेसमा ५० प्रतिशत महिला सहभागीता बनाउनुपर्नेमा जोड दिए । कांग्रेसको भ्रातृ संस्थाको रुपमा रहेको महिला संघको स्थापना २००४ सालमा मंगलादेवी सिंहको नेतृत्वमा भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC