site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजार गुमाउँदै पतञ्जली, महत्वाकांक्षी घोषणा साकार हुन कठिन
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । योग गुरु रामदेवको कम्पनी पतञ्जलीका उत्पादन र बजारहिस्सा पछिल्ला वर्षहरुमा बजार दिग्गजबीच चर्चाको विषय रह्यो । 

एफएमसीजी (फास्ट मुभिङ कन्जुमर गुड्स) बजारमा दबदबा रहेको हिन्दुस्तान युनिलिभरलाई पनि यसले पछार्न सक्ने अनुमान गरिन्थ्यो । आगामी ३ देखि ५ वर्षभित्र पतञ्जलीको टर्नओभर २० हजार करोडदेखि २५ हजार करोड रुपैयाँसम्म पुर्याउनुपर्ने घोषणा गत वर्ष अप्रिलमा स्वयम् रामदेवले नै गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, उनको महत्वाकांक्षी घोषणा साकार हुन कठिन पर्ने अवस्था उत्पन्न भएको छ ।  गत आर्थिक वर्षमा कम्पनीको टर्नओभर १० हजार करोडमात्रै रह्यो, जुन रकम अघिल्लो आवमै पनि थियो । रेटिङ एजेन्सी क्रेडिट स्विसका अनुसार पतञ्जलीको बढोत्तरीमा ब्रेक लाग्नुका थुप्रै कारण छन् । एजेन्सीले मुख्य कारणमा भारतमा पतञ्जलीले जस्तै आयुर्वेदिक उत्पादन गर्ने अन्य कम्पनीहरु खुल्नु र पतञ्जलीका उत्पादनमा नयाँपन नआउनुलाई मानेको छ । पतञ्जलीले सुरुका दिनमा आफ्ना उत्पादनहरु चिकित्सालयमार्फत् बेच्ने गथ्र्यो । पछि उसले नयाँ वितरक नियुक्त गर्नुका साथै खुद्रा पसलबाट पनि आफ्ना उत्पादन बिक्री गर्ने नीति लियो । 

यहीबीच चिकित्सायलको ‘चेन’ कमजोर बन्यो भने नयाँ नेटवर्क विस्तार पनि सुस्त हुन पुग्यो । अहिले पतञ्जलीको ‘डिस्ट्रिब्युसन नेटवर्क’ हिन्दुस्तान युनिलिभरको प्रतिष्पर्धामा १/३० छ ।  बजारमा पतञ्जलीको विश्वास बढाउने मुख्य वस्तु आयुर्वेदिक फार्मेसी नै थियो । विस्तारै कम्पनीले हर्बल तथा अग्र्यानिक फुडमा हात हाल्यो । 

Global Ime bank

लोकप्रियता वृद्धिसँगै उसले बिस्कुट, चाउचाउ, टुथब्रसका साथै फ्रोजन भेजिटेबल्स तथा कपडासम्म उत्पादन गर्न थाल्यो । यसको नकारात्मक असर विस्तारै आयुर्वेदिक उत्पादनमा पर्न गएको हुन सक्ने रेटिङ एजेन्सीको अनुमान छ । 

उता, भारतका स्थापित विश्वसनीय कम्पनीहरु कोलगेट तथा हिन्दुस्तान युनिलिभरले पनि ग्राहकको मन जित्ने उद्देश्यका साथ नेचुरल प्रडक्ट बजारमा ल्याइदिए । 

डाबर र कोलगेटले यस्ता उत्पादनमा ठूलो लगानी गरिदिए । डाबर, युनिलिभर, कोलगेटजस्ता कम्पनीबीच ग्राहक तान्न मूल्यमा प्रतिष्पर्धा चल्न थाल्यो । यसले पतञ्जली ओझेलमा पर्न गयो । यसका साथै पतञ्जलीले प्रवद्र्धनात्मक क्रियाकलापमा ध्यान कम दिनु र कम लगानी गर्नुलाई पनि ग्रोथ नहुनुको कारण मानिएको छ ।

इकोनोमिक टाइम्स डट कमबाट 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC