site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मलेसियामा सागर पुनको दोस्रो शतक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली अलराउण्डर क्रिकेटर खेलाडी सागर पुनले मलेसियामा जारी मलेसियन प्रिमियर लिग क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन् । सेमिफाइनल खेलमा क्वालालम्पर क्लबबाट खेलेका सागरले सेलंगोरविरुद्ध शतक प्रहार गरेका हुन् ।
ओपनर सागरले ११८ बलमा १०० रन बनाउँदै आउट भए । उनले ९ चौका प्रहार गरे । सागर पुनले यसअघि लिग चरणको खेलमा पनि सेलंगोरविरुद्ध नै शतक प्रहार गरेका थिए । सागरले १२९ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १०९ रन बनाएका थिए ।
मलेसियन प्रिमियर लिग क्रिकेट सागर पुनका लागि निकै फलदायी बनेको छ । सागर यो लिगमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । सागरले २ शतकसहित १ खेलमा अर्धशतक पनि बनाएका छन् । यो प्रतियोगितामा अहिलेसम्म सागरले ९ खेलबाट ४४२ रन बनाएका छन् । जसमा ५१ चौका र ८ छक्का प्रहार गरेका छन् । 
सागरले आफ्नो पहिलो खेलमा नै पेनाङविरुद्ध ६६ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । त्यस्तै, सागरले बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ९ खेलबाट ९ विकेट लिइसकेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC