site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यसरी हुन्छ खुला विश्वविद्यालयमा खुला पढाइ
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेलुकी ठीक ६ बजे क्लास लाग्छ । शिक्षकहरु अनलाइन देखा पर्छन् र सुरु हुन्छ अनलाइन लेक्चर । 

नेपाल खुला विश्वविद्यालयले इन्टरनेटको माध्यमबाट अध्ययन–अध्यापन गराउँदै डिप्लोमादेखि पिएचडीसम्मको डिग्री दिने भएपछि घर बसी बसी पढ्नेहरुको उत्साह बढेको छ । काठमाडौं, ललितपुर तथा हेटौंडासम्मका विद्यार्थी आ–आफ्नो स्थानबाट एकै पटक खुला विश्वविद्यालयको अनलाइन कक्षामा समाहित हुन्छन् र पढाइ गर्छन् ।

विश्वविद्यालयले विद्यार्थी र शिक्षकबीच छलफल, समस्या सामाधान र होमवर्क चेकदेखि पढ्न आलटाल गर्ने विद्यार्थीलाई अलर्ट गर्ने कामसम्म अनलाइनकै माध्यमबाट गर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा भन्छन्, “विश्वविद्यालयको पढाइ पूरै वेबबेस्डमा हुन्छ र त्यसमै विद्यार्थी कनेक्टेड हुन्छन् ।” अनलाइनको माध्यमबाट खुला विश्वविद्यालयको कोर्षमा कनेक्टेड हुनेबित्तिकै सुरुको वेलकम पेज खुल्छ । उक्त सेक्सनमा प्रारम्भिक जानकारी पाइन्छ । त्यसपछि कोर्ष भेटिन्छ र त्यसमा विषयवस्तु हुन्छ । 
उपकुलपति शर्मा भन्छन्, “हामीले कोर्षको बारेमा विषयगत प्राध्यापकको भिडियो हालेका छाैं, भिडियोमा कोर्षको बारेमा व्याख्या हुन्छ । कोर्षको शिर्षक र विषयवस्तु सबै उक्त भिडियोबाट भन्छौं । १६ वटा सेक्सन छन् । पूरा कोर्ष १६ हप्तामा बाडेर सिकाउँछौं ।” 

फेसबुकमा जस्तै कमेन्ट लेख्ने ठाउँ पनि हुन्छ, जसमा प्रश्न गर्न सकिन्छ । हप्तामा दुई दिन प्राध्यापकहरुसँग अनलाइनमै फेस–टु–फेस कुरा गर्न समय मिलाइएको जानकारी शर्माले दिए । “त्यसबाहेक कुरा गर्नुपरे लेखेर कम्युनिकेसन गर्न सकिन्छ । विद्यार्थीहरुका लागि कोर्षका सात वटा एलिमेन्ट तयार पारिएको छ,” उनले भने, “हामीले भर्चुअल मोडबाट पढाउँछौं । जस्तै– म्यानेजमेन्ट थ्योरी पढाउनु पर्यो भने विश्वविद्यालयको सेन्टरबाट एकजना प्राध्यापकले पढाउनेछ । त्यस्ता मेजर सातवटा सेन्टरहरु छन्, जसबाट अध्ययनलगायतका विषयमा जानकारी दिने गरिएको छ । मानौं, आज तीन बजेदेखि ५ बजेसम्म फलानो प्राध्यापकको लेक्चर छ भनेर हामी भन्छौं र विद्यार्थीहरु सो समयमा सहभागि हुन्छन् । प्रश्न सोध्छन्, नबुझेको पुनः सोध्न सक्छन् ।”

Global Ime bank

तोकिएको समयमा क्लास लिन भ्याइएन भने पढाइ भएको विषयवस्तु र शिक्षकका लेक्चरको भिडियो सबै अटो रेकर्ड भएर अर्काइभमा गएर बस्छ । पछि समय मिलेको बेला अर्काइभमा गएर त्यो प्राध्यापकको लेक्चर सुन्न र पढ्न सकिने व्यवस्था गरिएको छ । उपकुलपति शर्माले भने, “हामीले व्यवस्थित सिकाइ गर्नको लागि हप्तादिनको तालिका बनाउने गरेका छौं ।”

अनलाइन कक्षामा पनि कडाइ
बेलुका ६ देखि ९ बजेसम्म शिक्षकहरु अनलाइनमा उपलब्ध हुन्छन् । खुला विश्वविद्यालयले विद्यार्थीलाई पूरै व्यस्त गराउँदै एउटा पाठ पढेर यो कार्य गर भनेर लगाउने र त्यो नगरेसम्म दोस्रो च्याप्टर हेर्न नपाउनेगरी विषयवस्तु डिजाइन गरेको छ । अनलाइन पढाइ भए पनि समयमै दिएको काम नगर्ने विद्यार्थीलाई अलर्ट गर्ने गरिन्छ । हरेक विद्यार्थीको शिक्षकले फलोअप गरिरहेका हुन्छन् । इन्टरनेटको समस्याले कहिलेकाहीँ विद्यार्थीहरु अनलाइन हुन पाएनन् भने उनीहरुले फोनको माध्यमबाट जानकारी गराइरहेका हुन्छन् । 

झनै खुकुलो बन्दै
खुला विश्वविद्यालयले कार्य    क्रमहरु बढाउँदै लगिने बताएको छ । उपकुलपति शर्माले भने, “यस पटकदेखि हामीले व्यवस्थापन संकाय अन्तर्गत वीवीएसमा इन्ट्रास नलिएर फर्म भर्नेजति सबैलाई भर्ना दिने निर्णय लिएका छौं । समाजशास्त्र, शिक्षा र विज्ञान संकायतर्फ पनि विस्तारै प्रोगाम निकाल्ने तयारीमा छौं ।”

कुलपति शर्माले कक्षा संचालन राम्रै भइरहेको बताउँदै अहिले नियमित लगभग ४ सय ८ जना विद्यार्थीहरु रहेको बताए । “महिला विद्यार्थीको संख्या पनि राम्रै छ । ७७ जिल्लाकै विद्यार्थी नभए पनि अधिकांश जिल्लाका विद्यार्थीहरु खुला विश्वविद्यालयसँग आवद्ध छन् । ३ नम्बर प्रदेश र आसपासका विद्यार्थी धेरै छन्,” शर्माले भने, “विश्वविद्यालयमा हाल तीनवटा संकायअन्तर्गत पढाइ हुँदै आएको छ– व्यवस्थापन, कानुन र समाजशास्त्र तथा शिक्षा संकाय । यस्ता संकायबाट साधारण विषयदेखि इन्जिनियरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने उनले जानकारी दिए । त्यसैगरी विज्ञान, स्वास्थ्य र प्रविधि संकाय स्थापना हुँदैछ । यसमा प्राविधिक तथा व्यावसायिक सीपदेखि ‘प्योेर साइन्स’ का विषय पनि अध्ययनको व्यवस्था हुनेछ । 

विश्वविद्यालयलाई धेरैभन्दा धेरैको पहुँचमा पुर्याउन निरन्तर लागिरहेको उपकुलपति शर्माले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC