site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘रोजी’द्वारा म्युजिकल्ली कन्टेस्ट आह्वान, एक लाखदेखि छात्रवृत्तिसम्म पुरस्कार
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘रोजीले आफ्नो गीत ‘फूल हैन...’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेको छ । उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्नेछन् । रोजी निर्माण कम्पनीद्वय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले पुरस्कार राशीसहितको म्युजिकल्ली कन्टेस्ट शुक्रबार घोषणा गरे । 

संयोजक सन्ध्या थापाका अनुसार प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सकिने अथवा वालमा सेयर गर्न सक्नेछन् । थापाले अहिले पनि इन्स्टाग्राम र फेसबुकबाट भिडियो प्राप्त भैरहेको बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

https://www.facebook.com/rosymovie/

विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ । दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ । 

Global Ime bank

सर्वोत्कृष्टलाई नगद १ लाख रुपैयाँले पुरस्कृत गरिने भएको छ । गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा पोस्ट हुने भिडियोको भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने संयोजकले थापाले जानकारी दिइन् । 

गीतमा एलिस काकीको संगीत तथा प्रविशा अधिकारी र प्रताप दासको स्वर रहेको छ । प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा रहेको नीरक पौडेल निर्देशित क्राइम थ्रीलर चलचित्र आगामी २२ भदौमा रिलिज हुँदैछ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC